बाँकेको राप्तीसोनारीमा झाडापखाला फैलियो, २९ जना बिरामी


राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा झाडापखाला फैलिएको छ । एक्कासी फैलिएको झाडापखालाबाट गाउँका २९ जना बिरामी परेका छन् । बिरामीमध्ये सात जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिए ।

कुसुम स्वास्थ्य चौकी इञ्चार्ज अमृत महतराका अनुसार खोकना कुसुममा झाडापखाला फैलिएको जानकारी आउनासाथ स्वास्थ्य चौकीबाट पाँच जना स्वास्थ्यकर्मीको टोली परिचालन गरी उपचार भइरहेको छ । बिरामीमध्ये सात जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

पानी शुद्धीकरण गर्ने औषधि तथा पखालाका अन्य औषधिसहित स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ । अत्यधिक गर्मी र दूषित पानी भएकाले गाउँमा झाडापखाला फैलिएको अनुमान छ । प्रभावित क्षेत्रमा थप स्वास्थ्यकर्मी औषधिसहित परिचालन गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय प्रमुख शाहीले बताए ।

बाँकेको राप्तीसोनारीमा झाडापखाला फैलियो, २९ जना बिरामी

कर्णाली राजमार्ग २४ सैँ घण्टा खुलाउन माग

बाँकेको राप्तीसोनारीमा झाडापखाला फैलियो, २९ जना बिरामी

एमाले सिम्ता गाउँ कमिटीको अध्यक्षमा राजेन्द्र सिं

This will close in 0 seconds