दलित सशक्तिकरण ऐन पास गर्ने भेरीगंगा प्रदेशमै पहिलो

दिलिप ढकाल/सुर्खेत, २८ फागुन ।
भेरीगंगा नगरपालिकाको हिउँदे सभा सम्पन्न छ । आइतवार नगरपालिकाको सभा हलमा १४ औं नगरसभाको दोस्रो बैठक सकिएसँगै भेरिगंगा नगरपालिकाको हिउँदे सभा सम्पन्न भएको हो । सम्पन्न हिउँदे सभाले चार वटा विधेयक पास गरेको छ ।

सभामा भेरीगंगा नगरपालिकाको जलचर तथा जलीय जैविक विविधता संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, संस्था दर्ता विधेयक २०८०, वन संरक्षण विधेयक २०८० र दलित सशक्तिकरण विधेयक २०८० सर्वसम्मतले पास भएको हो ।

यसअधि २१ गते बसेको १४ औँ हिउँदे सभाको पहिलो बैठकमा पाँच वटा विधेयक पेस भएका थिए । जसमध्ये भेरीगंगा नगरपालिका नगर योजना आयोग (गठन तथा सन्चालन) विधेयक, २०८० आवश्यक छलफल तथा परिमार्जन गरी आगामी सभामा पेश गर्ने सहमति सँगै उक्त विधेयक फिर्ता भएको हो ।

सभामा कार्यपालिका सदस्य शेर बहादुर कामि र सहविर महरले कर्णाली प्रदेशमा पहिलो पटक नगरसभा बाट दलित सशक्तिकरण विधेयक २०८० पास भएको हुँदा यो ऐतिहाँसिक काम भएको बताए ।

नगरसभाबाट सो विधेयक पासभए संगी दलित सशक्तिकरण विधेयक पास गर्ने भेरीगंगा नगरपालिका कर्णाली प्रदेशकै पहिलो पालिका बनेको छ । चार वटा विधेयक र पहिलो बैठकमा प्रस्तुत भएका एजेण्डाहरु सभाले पास भएको घोषणा गरेसँगै सभाध्यक्ष यज्ञ प्रसाद ढकालले सभा सम्पन्न भएको जानकारी गराएका थिए ।

यस अघि बसेको पहिलो बैठकमा उपप्रमुख धनसरा बोहोराले १३ औं नगरसभाको बैठकपछि हालसम्म १३ वटै वडामा भए गरेका विकास निर्माणका काम एवंम बजेटको बारेमा सभामा जानकारी गराउनु भएको थियो ।

त्यस्तै उनले न्यायिक समितिमा हालसम्म प्राप्त भएका उजुरी एवंम उजुरी उपर कारवाही भएका तथा कार्वाही हुन बाँकी रहेका उजुरीको बारेमा सभामा जानकारी गराए । सभामा १३ बटै वडाका वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, नगरपालिकाको बिभिन्न शाखामा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

दलित सशक्तिकरण ऐन पास गर्ने भेरीगंगा प्रदेशमै पहिलो

एक वर्षअघि र अहिलेको अर्थतन्त्रः बाह्य क्षेत्र

दलित सशक्तिकरण ऐन पास गर्ने भेरीगंगा प्रदेशमै पहिलो

YUGAAWHAN NATIONAL DAILY (2080-11-29)

This will close in 0 seconds