पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना ६ गुणाले बढ्यो


पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना ६ गुणा धेरैले बढेको पाइएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६÷७७ मा दुई हजार ३ सय वटा निवेदन आएकामा चालु आर्थिक वर्षको फागुन २३ सम्म १२ हजार ७ सय ८९ वटा निवेदन आएका हुन् ।

त्यस्तै आर्थिक वर्ष २०७७÷७८ मा ३ हजार ९ सय ६, २०७८÷७९ मा ४ हजार ६ सय ८६ र २०७९÷८० मा ९ हजार १३ वटा निवेदन परेको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ । फागुन २३ गतेसम्म अनलाइन माध्यमबाट पीडित बालकका १ सय ६४, बालिकाका २ सय ४२, महिलाका ५ हजार ७ सय ३, पुरुषका ६ हजार १ सय ७७ र अन्यमा ५ सय ३ गरी जम्मा १२ हजार ७ सय ८९ वटा निवेदन प्रधान कार्यालयमा आएका छन् ।

साइबर ब्यूरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता दिपकराज अवस्थीले अनलाइन पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना ६ गुणा धेरैले बढेको, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गर्ने, वेबसाइट ह्याकिङ लगायतका अपराधका विभिन्न स्वरुपमध्ये पछिल्लो समय ब्यूरोमा आर्थिक ठगीका निवेदन बढी आएको जानकारी दिए ।

पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना ६ गुणाले बढ्यो

फुटबलको रेफ्री तालिमबाट १६ जनाले ब्याज पाए

पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना ६ गुणाले बढ्यो

देवीदेवताका थान गरिबको ‘न्यायालय’