आर्मीविरुद्ध सानदार जित निकाल्दै पुलिस फाइनलमा

नेपाल पुलिस क्लब कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ । वीरेन्द्रनगरस्थित खुलामञ्चको कोर्टमा बुधवार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी प्रदेशलाई ३–० ले हराँउदै पुलिसले उपाधिको नजिक पुगेको हो ।

पुलिसले बिहीवार हुने फाइनलमा साविक विजेता एपिएफ को सामना गर्नेछ । विभागिय डर्बीमा पुलिसले आर्मीमाथि २५–२१,२५–२३ र २५–१९ ले हराएको थियो । यो सँगै पुलिसले १० दिन अघि बाग्लुङ गल्कोटमा बुकी कपको फाइनलमा भोगेको हारको बदला लिएको छ । त्यो फाइनलमा आर्मीले पुलिसलाई २७–२५, २२–२५ ,२१–२५,२७–२५ र १५–६ ले हराएको थियो ।
पहिलो सेटमा १८–१२ को पुलिसको फराकिलो अग्रता बनाउँदै खेलमा पकड बनाइएको थियो । त्यसपछि एक समय २२–१९ को अवस्था आएपनि कम्तीमा तीन अंकको अग्रतालाई भने पुलिसले अधिकांश कायम गर्न सफल रह्यो ।
सुरुवातमा केहिपछि परेपनि खेलमा सुधार पुलिसले दोस्रो सेट आफ्नो पक्षमा पारेको थियो । ७–५ ले पुलिस पछि परेको खेलमा एक पटक ८–८, को त्यसपछी १६–१६ र अर्को पटक १९–१९ को बराबरी पनि पुगेको थियो । त्यपछि भने पुलिसले अग्रता बनाएको थियो ।
त्यसपछि पुलिसले लगातार अंक जोडे २३–१९ बनायो । खेलमा फर्कने क्रममा आर्मीले २४–२२ को अवस्था पुर्यायो । त्यसपछि १÷१ अंक जोडेपनि अन्तिममा २ अंक बटुल्दै पुलिसले सेट जितेको थियो ।
तेस्रो सेटमा ४–४ को बराबरीबाट लगातार ९ अंक जोड्दै अघि बढेको पुलिसले सहजै आफ्नो पक्षमा पारेको थियो । त्यसपछि पुलिसले ५ अंकको अन्तरलाई अन्तिम सम्म कायम राखेको थियो ।
त्यसअघि पहिलो सेमिफाइनलमा एपिएफले गण्डकीलाई २५–२३,२५–२० र २५–१५ ले पराजित गरेको थियो ।
पहिलो सेटमा एक समय १०–९ को अग्रता बनाएको गण्डकीले त्यसलाई जोगाउन सकेन । यद्दपी टोलीले सेटको अन्त्यतिर कडा चुनौती पेश गरेको थियो ।
दोस्रो सेटमा पनि गण्डकीले १०–७ को अग्रतालाई जोगाउन सकेन । एपिएफले लगातार ३ अंक जोड्दै १०–१० को बराबरी गरेको थियो । त्यसपछि सेटमा एपिएफले पकड बनाउँदै लगेको थियो । रेफ्रीको निर्णयप्रति भने गण्डकीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकले आपत्ति जनाएका थिए ।
तेस्रो सेटको सुरु मै एपिएफका लिबेरो चोटका कारण कोर्ट छाडेका थिए । बल रिसिभ गर्ने क्रममा विनोदले बायाँ तिघ्राको पछाडि भागमा असहज महसुस गरेका थिए । विनोद विना पनि एपिएफले खेलमा पकड बनाउँदै सेट जितेर अन्तिम दुईमा स्थान बनाएको थियो ।
अपराजित एपिएफ समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल पुगेको थियो । त्रिभुवन आर्मी क्लब विजेता रहेको समूह ‘बी’ बाट उपविजेताका रुपमा गण्डकी अन्तिम ४ मा पुगेको थियो । समूह ए बाट दोस्रो हुँदै पुलिस सेमिफाइनल पुगेको थियो ।
नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको
समूह चरण एउटैमा रहेका एपिएफ र पुलिसबीच बिहीवार फाइनल र आर्मी र गण्डकीबीच तेस्रो स्थानको खेल हुनेछ ।
गत वर्ष गण्डकीमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३३ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा आर्मीलाई हराउँदै एपिएफले उपाधि जितेको थियो ।






