एपीएफ गण्डकीलाई पराजित गर्दै पुरुष राष्ट्रिय भलिबलको फाइनलमा

विभागीय क्लव एपीएफ सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।

कर्णालीको राजधानी सुर्खेतको खुल्लामञ्चमा जारी प्रतियोगितामा एपीएफले पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

एपीएफले गण्डकीलाई २५–२३, २५–२०, २५–१५ ले पराजित गरेको हो । अब उपाधिका लागि एपीएफले दोस्रो सेमिफाइनलको विजेतासँग विहिवार खेल्नेछ ।

दोस्रो सेमिफाइनलमा दुई विभागीय क्लव त्रिभुवन आर्मी र नेपाल पुलिस क्लव बुधवार नै खेल्नेछन् ।

एपीएफ गण्डकीलाई पराजित गर्दै पुरुष राष्ट्रिय भलिबलको फाइनलमा

भूकम्प प्रभावित क्षेत्रका एक लाख ४० हजारले