झोलुङ्गे पुलमा फसेका ११ वटा खच्चरको उद्धार, २ वटा मरे


दैलेख र अछाम जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलङ्गे पिङको लट्ठा चुँडिदा फसेका १३ मध्ये ११ वटा खच्चरको उद्धार भएको छ ।

सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा ११ वटा खच्चरको उद्धार भएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिए । उद्धारका क्रममा २ वटा खच्चर मरेका छन् । फसेका खच्चरलाई पुलबाटै उद्धार गर्न सम्भव नभएपछि तार काटेर खच्चरलाई नदीमा खसालेर उद्धार गरिएको हो ।

आईतवार बिहान अछामको पञ्चदेवलबाट दैनिक उपभोग्य सामग्री लिन दैलेखको राकम बजार आउँदै गरेका खच्चर झोलुङ्गे पुलको एकतर्फको लट्ठा चुँडिदा पुलमै फसेका थिए । पुलको लट्ठा चुँडिदा दुई जिल्लाको आउजाउ पनि बन्द भएको छ । दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली खच्चरको उद्धारमा खटिएको थियो ।

यो पुलले अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ र दैलेखको आठबीस नगरपालिका वडा नम्बर ४ लाई जोड्छ ।

झोलुङ्गे पुलमा फसेका ११ वटा खच्चरको उद्धार, २ वटा मरे

खाना ब्राण्ड बनाएमा आर्थिक समृद्धि हुन्छः मास्टर

झोलुङ्गे पुलमा फसेका ११ वटा खच्चरको उद्धार, २ वटा मरे

अज्ञात रोगले जुम्लाको हिमा गाउँपालिकामा २३ भेडा

This will close in 0 seconds