खाना ब्राण्ड बनाएमा आर्थिक समृद्धि हुन्छः मास्टर सेफ सन्तोष


कुकका प्रमुख अर्थात विविस सेफ मास्टर सन्तोष शाहले कर्णालीको अर्गानिक खाना ब्राण्ड गर्ने सम्भावना धेरै भएको बताएका छन् । खाना बनाउनमा लामो समय जीवन विताएका सन्तोस शाह अहिले कर्णाली क्षेत्रमा छन् ।
कर्णालीको जुम्लामा पुगेर यहाँको शनिवारीय हाट बजारमा उत्पादन गरिएको अर्गानिक खाजा खाानुका साथै जुम्लाबाट उत्पादन हुने खाद्यन्नवाली मार्सीचामल, चिनो, कागुनो, कोदो, फापरका परिकार, ओखर, तरकारी तथा विभिन्न अर्गानिक खाद्यन्नको बजारको शुरुवात गरिएको छ ।
यसैगरी यहाँका होटल व्यवसायी र पत्रकार सँग समेत अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा होटल व्यवसायी संघले कर्णालीको अर्गानिक खानालाई थप राम्रो वनाउन छलफल गरिएको छ । सेफ माष्टर शाहले आफुले खानाको हिसावले कर्णाली निकै धनि भएकाले धनि क्षेत्रको खानाबाट संसारमा समृद्धि ल्याउन सकिने बताए ।
उनले आफुले मधेशमा मिथिला थालीका रुपमा खाना ब्राण्डका रुपमा शुरुवात भएको छ । अव कर्णालीको निकै महत्वको खाद्यन्न जस्तो मार्सी चामल आज नेपालमा सवैभन्दा मुल्य छ । उनका अनुसार कर्णालीको आक्चेलाई राजाधानीमा लैजाने व्यवस्था मात्रै गर्ने हो भने पनि धेरै आम्दानी हुने देखिन्छ । कर्णालीको रैथाने खानालाई रुचाउने छन् । सेफ शाहले आफु एउटा खाना पकाउने श्रमिक भएकाले मेरा लागि धन भनेको खानाका कच्चा पदार्थ हुन । एउटा कुकका लागि खानाका कच्चा पदार्थ सवै भन्दा बढि कर्णाालीमा देखेकाले खुशी व्याक्त गरे । रैथाने खाना प्रवर्धन सम्भावनाका लागि कर्णाली यात्रामा रहेका खेमराज लकाईले जुम्लाको रैथाने अन्न बजारीकरणमा आफु सघाउने बताए।काठमाण्डौ गेट कलेजका सञ्चालक लकाईले सन्तोष शाह जस्ता व्यक्तिले कर्णालीको खाना अवलोकन गर्ने अवसर महत्वपूर्ण हो ।
उनले हामीले खानामा सफा र कर्णालीको अर्गानिक खाना, सफा बास मात्रै हुने हो भने पर्यटकबाट आम्दानी भई समृद्धि हुने देखिएको छ । सेभ शाह सहितको टिम जुम्लामा आएर यहाँका खाना व्यवस्थाको सुझाव र सिकाई हुने होटल व्यवसायीले बताएका छन् ।
होटल व्यवसायी संघ जुम्लाका अध्यक्ष दिलबहादुर महत निकै लामो संघर्षका बिच फष्टाईरहेको होटल व्यवसायमा थप राम्रो गर्न आजको आवश्यकता बताउँछन् ।
उनले अव यहाँको अर्गानिक खाना व्यवस्थापनका लागि थप नयाँ नयाँ परिकारको सिप सिक्न आवश्यक छ । जुम्लाको रैथाने खाना मार्सीचामल, चिनो, कागुनो देखी विभिन्न परिकारहरु नेपाली बजारमा ब्राण्डनै बनेको छ ।
कर्णालीको खाना अवलोकन टिममा बरिष्ठ पत्रकार मनऋषि धिताल, कर्णालीमा अतिथि सत्कार शिक्षा दिई रहेका यूवा केशव कठायत समेत हुन् । टोली सिंजा गाउँपालिका – १ मा मार्सीधानको रोपाईमा सहभागी भएको छ । सेभ सन्तोष शाहले रैथाने वाली जोगाउने उद्देश्यले रोपाईमा सहभागी भएका छन् ।






