१८ घण्टापछि कर्णाली राजमार्ग सञ्चालनमा


पहिरो खसेर अवरुद्ध भएको कर्णाली राजमार्ग १८ घण्टापछि सञ्चालनमा आएको छ ।

शनिवार बेलुकीको वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ एसमोड र गगने खोलामा ढुङ्गासहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कालीकोट, सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रशासन कार्यालय कालीकोटको सक्रियतामा राजमार्ग पूर्णरूपमा खुलेको कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए ।

१८ घण्टापछि कर्णाली राजमार्ग सञ्चालनमा

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि

१८ घण्टापछि कर्णाली राजमार्ग सञ्चालनमा

दीक्षान्त रोकिएपछि निराश भएर फर्किंदै विद्यार्थी