घाँस काटेर दशैं खर्च जुटाउँदै : जुम्लाका महिला


जुम्लाको सिंजा गाउँपालिका–६ की सस्मिता रावतको दैनिकी घाँस काटेर बित्ने गरेको छ । रावत हप्ता दिनदेखि गाउँबाट घाँस काट्न जुम्लाको सदरमुकाम खलंगा झरेकी छन् । त्यसैबाट अहिलेको दसैंमा खर्चको जोहो हुनेछ । सस्मिता जस्तै दर्जनौं महिला घाँस काट्न व्यस्त देखिन्छन् ।
उनिहरुले घाँस काटेबापत प्रति दिनको ८ सय रुपैयाँ ज्याला पाउछन् । उनले भनिन्, ‘यहीँ असोज ९ गतेदेखि काम लागेकी हुँ, २४ गते ( फुलपाती) सम्म काट्ने छौँ।’ नगद १२ हजार रुपैयाँ बुझ्ने छुँ सस्मिताले बताइन् । अर्को बाटु रावत, ८ हजार,सर्जनाले ९ हजार ८ सय र कमला रावतले ११ हजार रुपैयाँ कमाइ गरेकि छन् । जुम्लामा हिउँदे सिजनमा हिउँ पर्ने र खडेरी हुनाले गाई वस्तु,भेडा बाख्रा र भैंसीलाई खुवाउन लागि घाँस काट्ने गरिन्छ् ।
उनी सदरमुकाममा रहेको जनता मावि १२ अध्ययनगर्छिन् । पढाइ अघिपछि बचेको समयमा घाँस काट्ने काम गर्ने गरेको सस्मिताले बताइन् । दसैं खर्च र ‘पढाइ खर्च जुटाउन कामपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘पढाइका लागि आवश्यक पर्ने किताब, कापी, कलम र विद्यालय ड्रेस र अहिलेको दसैं खर्च यहीँ रकमले व्यहोर्ने बताउँछिन् ।’ उनी मात्र हैन, गाउँ – घरका अन्य धेरै विद्यार्थी काट्न बजार देखिन्छन् ।
दसैं नजिकै आएपछि जुम्लाका गाउँबस्ती महिला हरियो घाँस काटेर चाडवाडको खर्च जोहोमा लागि परेका छन् । यस्तै अर्की मिना बुढा पनि आजभोलि घाँस रुपैयाँ आम्दानी गर्न तम्सेको बताउँछिन् । उनले भनिन्, ‘विहान ८ वजे जान्छौं,साझ ५ वजे फर्केर घर पुग्छौं । दिउँसोभरि साहुँ को घाँस काट्छौँ । साझ नगद रुपैयाँ हातमा पर्दा दुःख हराउँछ ।
बुढाले भनिन्, ‘१७ दिन घाँस काटे,१३ हजार ६ सय रुपैयाँ कमाइयो ,अब बजारको बसाइँ छ ।’ कोठा भाडा,चामल,दसैंको मासु र सफिङ ( लुगाफाटो) गर्ने तयारी गरेको बताइन् । यस्तै अर्की प्याउरी रोकायाले पनि घाँसबाट राम्रो कमाइ सुनाइन् । ७,८ जना जान्छौं,दुःख सुख साटासाट गर्छौँ दुः खको अनुभव हुदैन ।
प्यारीले भनिन्, ‘उनले पनि १३ हजार ६ सय नगद बुझेको मुस्कुराउदै खुसी भइन् । काटेको घाँस सुकाएर हिउँदमा खुवाउने गर्छन् । पुष र माघ महिनमा बढी हिउँ पर्छ । जुम्लाका महिलाहरु घाँस काट्नको लागि आजभोली वनपाखा र खेतबारीमा व्यस्त छन् । जताततै मानिस घाँस बोकेको , काट्दै गरेको , गरेको देखिन्छन् ।






