जुम्लामा सशस्त्र प्रहरीको भवन उद्घाटन


सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गण हेटक्वार त्रिपुरा जुम्लाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। तातोपानी गाउँपालिका–५ मा अवस्थित डुठाचौरमा निर्माण गरिएको नयाँ भवनको उद्घाटन गरिएको हो।सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उद्घाटन गरेका थिए।नवनिर्मित गणपति निवास,कार्यालय भवन,क्वाटरगार्ड, विल्लादार जवान ब्यारेकको एकसाथ उद्घाटन गरिएको छ ।
महानिरीक्षक अर्यालले ब्यारेक बनाउनका लागि जग्गा दान गर्ने जग्गा दाताहरूले धन्यवाद दिए। हरेक काम संवेदनशील भएर गर्नुपर्ने बताए।उनले भने,२०७२ सालदेखि जुम्लामा सशस्त्र प्रहरी बस्दै आएपनि आफ्नै भवनहरु थिएन । जग्गादाताहरु,स्थानीय सरकारहरु,सरोकारवालाहरु र सशस्त्र प्रहरी बलका सक्कल दर्जाका कर्मचारीहरुको साथ सहयोग र मेहनतको प्रतिफलले यी भवनहरु सम्भव भएका हुन।
अर्यालले संगठनलाई समय सापेक्षा अनुसार चलायमान राख्न समेत निर्देशन दिए । अनुशासित मर्यादित भएरनै यी कामहरु भएका हुन । उनले भने ‘कामलाई फौजीपारामा ढालेर राष्ट्र र राष्ट्रबासीको सेवामा लगाउनुहोला । यही नै असल काम हुनेछ ।
सशस्त्र प्रहरीको जिम्मेवारी अहिले निकै फराकिलो भएको छ । स्थान विशेषमा सुरक्षा चुनौति पनि धेरै छन ।’
हरेक कमाण्डरले बौद्धिक रुपमा इमान्दार, नैतिकवान र कर्तव्यनिष्ट बन्दै अगाडी बढ्नुपर्ने उनको भनाइ थियो । सशस्त्र प्रहरी सरुवा,बढुवा लगायतमा देखिएका समस्या सुधारका कार्यहरु पाइपलाइनमा भएको बताउदै महानिरीक्षक अर्यालले सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे ।
उनले सशस्त्र प्रहरी जनताको असल रक्षक र सेवक हो भन्ने देखाउन समेत निर्देशन दिए । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले निकै कठिन र चुनौति सामानका साथ सशस्त्र प्रहरीको ब्यारेक निर्माण भएको बताए ।






