जाजरकोटमा जीप दुर्घटना हुँदा १५ जना घाइते


जाजरकोटमा बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । मंगलबार दिउँसो सदरमुकाम खलङ्गाबाट भेरी नगरपालिका ६ भेरे जान लागेको ग १ ज ७७११ नम्बरको बोलेरो जीप सोही नगरपालिकाको वडा नम्बर ६ को गंज जङ्गलमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बोलेरो जीप दुर्घटना भए लगत्तै उद्धारका लागि घटनास्थलतर्फ प्रहरी गए पनि क्षतिको विवरण आइनसकेको जानकारी दिए ।

दुर्घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक तथा सूचना अधिकारी माधव विश्वकर्माले १५ जना यात्रु सवार सबै घाइते भएको र केही गम्भीर घाइते भएका छन् ।

जीपका चालक भेरी नगरपालिका ६ का मानबहादुर वली रहेको खुलेको छ । घाइतेलाई उद्धार गरेर जिल्ला अस्पताल जाजरकोट ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

जाजरकोटमा जीप दुर्घटना हुँदा १५ जना घाइते

मिडिया काउन्सिललाई अब आमसञ्चार परिषद् बनाइने