स्वास्थ्य बिमामा झमेला

एक वर्ष अघि छाती र पेटको देखिएपछि जुम्लाको गुठिचौर गाउँपालिका–४ का प्रायागराज उपाध्याय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे । स्वास्थ्य बिमा गराएकाले सहज उपचार पाउनेमा उनी ढुक्क थिए ।

तर, प्रतिष्ठान पुगेपछि उनी खिन्न भए । ‘बिमा गराउँदा जति फाइदाका कुरा सुन्न पाइएको थियो,’ उनले भने, ‘त्यसअनुसार मैले सजिलै सेवा पाउन सकिनँ । २ हजार ५ सयको बिमा गराएका उनले उपचार गराउन पाएनन् । बेला बेला उपचार गर्न प्रतिष्ठान पुग्ने उपाध्यायलाई राम्रो ओैषधी र रोग पहिचान हुन सकेन् ।’ तत्काल प्रायागराज कोहोलपुरको दशविघा अस्पतालमा पुगेर उपचार गराएको बताउँछन् ।

अहिले उनको स्वास्थ्य अवस्था राम्रो भएको उनका ज्वाइ बलराज आचार्यले बताए । बिमा गराए पनि उपचारमा निकै झन्झट बेहोर्नुपरेकाले यो वर्ष नवीकरण नगरेको उनको भनाइ छ । यस्तै सिंजा गाउँपालिका–६ भाडागाउँकी जौककला रावतलाई पनि दुई वर्ष अगाडि पत्थरीको समस्या भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पुगिन् । उनले पनि सहजै उपचार पाउन सकिनन्।उनको पनि स्वास्थ्य बिमा थियो ।

प्रतिष्ठानमा उपचार संभव नभएपछि उनी कर्णाली प्रदेश अस्पताल सुर्खेत कालागाँउ गइन । आफ्नो अपरेसन भएको उनले बताइन् । उनी भन्छिन्, ‘खै के हो ’स्वास्थ्य बिमा गराएकाहरूले झन्झट व्यहोरेको गुनासो गर्छन् । अर्का स्थानीय तुला बुढा बिमा गरेको पैसाले आफ्नो उपचार हुन नसक्ने बताउँछन् । ‘कि काठमाडौं कि त, नेपालगन्ज र सुर्खेत नै गएर उपचार गर्नुपर्छ,’ उनले भने, ‘सानो बिराम लागे पो बिमा गर्नु, धेरै खर्च हुने बिराम लाग्छ त्यही भएर गर्दिनँ ।’

प्रतिष्ठानले बिमा गरेबापत १ लाख बराबरको मात्रै उपचार गर्छ्।यस्तै तातोपानी गाउँपालिका –१ का जयलक्ष्मी कठायतले कार्यक्रम सुरु हुनासाथ स्वास्थ्य बिमा गराइन् । तर उनले अस्पतालमा पैसा तिरेरै औषधि लिनुप¥यो । बिमा गरे पनि सुविधा नपाएपछि उनले नवीकरण गर्न छाडिन् । यता स्वास्थ्य बिमा बोर्ड शाखा जुम्लाका प्रेम भण्डारी जुम्लामा बिमा कार्यक्रम प्रभावकारी भएको बताउँछन्।झउनले भने, जुम्लाका आठवटा स्थानीयका बिमा कार्यक्रममा ८५ प्रतिशत नागरिक सहभागी भएको दाबी गरे ।

२०७८ को जनगणना अनुसार जुम्लामा २० हजार घरधुरीसहित १ लाख २० हजार जनसंख्या छ । जसमध्ये ९० हजार ३ सय १९ जना बिमित छन् ।

हुँदा अझै २९ हजार ६ सय ८१ जना नागरिक बिमाको पहुँच बाट बञ्चित छन् । अहिलेसम्म पातारासी १६ हजार ३ सय ५०, गुठिचौर ७ हजार ४ सय १०, चन्दननाथ नगरपालिका २० हजार ९ सय ४०, तातोपानी ११ हजार ९ सय ५९ , तिलाका ९ हजार २ सय ११,हिमा ११ हजार ८ सय ५०,सिंजा ५ हजार ८ सय ३६ र कनकासुन्दरी गाउँपालकामा ६ हजार ७ सय ६३ जनाले स्वास्थ्य बिमा गरेका छन् ।

बिमाबापतको रकम सबै प्रकारका रोगलाई दिइन्छ । ओपीडी, ल्याब, भर्ना, औषधि र परामर्शलगायत सेवामा रकम पाइने स्वास्थ्य बिमा बोर्ड शाखा जुम्लाका दर्ता अधिकारी दिपकराज कार्कीले बताए । परिवारले वार्षिक ३ हजार ५ सयको बिमा गरेबापत वार्षिक एक लाख रुपैयाँसम्मको सेवा बिरामीले पाउँछन् ।

जसमध्ये जुम्लाका २० हजार घरधुरी मध्ये १६ हजार ५ सय १६ घरधुरी बिमित छन् । भने ज्येष्ठ नागरिक तीन हजार ३४, जना, अति गरिब तीन हजार ७ सय ३३, अति अपाङ्ग ४ सय ५२ परिवार, टिभी लागेका नौ परिवार र महिला स्वास्थ्य स्वयंसेविका १ हजार ३ सय ८७ जना स्वास्थ्यको पहुँचमा पुगेका हुन् ।

यस्तै ४४ हजार ६ सय ४६ जना पुरुष छन्, भने ४५ हजार ६ सय ७० महिला बिमित छन् । यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले करिब एक वर्षदेखिको बिमा भुक्तानी पाएको छैन । साढे ११ महिनामा करिब साढे चार करोड भन्दा बढी बराबरको बिमा रकम भुक्तानी नपाएको प्रतिष्ठानले जनाएको छ ।

स्वास्थ्य बिमाअन्तर्गतका बिरामीको उपचार भइसकेको तर स्वास्थ्य बिमा वोर्डबाट पैसा नआएपछि साढे ११ महिनामा ३० हजार ६ सय ३४ बढी बिरामीलाई चार करोड बढी बराबरको उपचार भएको छ । अस्पतालमा आउने बिमित बिरामीले आवश्यक औषधि तथा उपचार उपभोग गरी सकेका छन् । खर्च भएको रकम भुक्तानीका लागि दाबी पेश भएपनि विगत ११ महिनादेखिको चार करोड ९४ लाख ५६ हजार ७ सय ६१ रुपैयाँ स्वास्थ्य बिमा वोर्डबाट प्रतिष्ठानलाई आउन बाँकी रहेको प्रतिष्ठानका लेखा अधिकृत मकेन्द्र शाहीले बताए ।

गत बैशाखदेखि साउनसम्म थोरै—थोरै भुक्तानी आएपनि भदौ महिनादेखि १६ फागुनसम्मको भुक्तानी नै नआएको लेखा अधिकृत शाहीले जानकारी दिए ।

स्वास्थ्य बिमामा झमेला

कर्णाली बाहेक अन्य प्रदेशमा सहज बन्ने छैनन्

स्वास्थ्य बिमामा झमेला

बसपार्कमा बस व्यवसायीबिच झगडा हुदाँ एक जना

This will close in 0 seconds