सम्पादकीय :पञ्चपुरीका काकाकुल बस्तीमा पानी पु¥याऊ

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं १ मा पर्ने हाँसेगाउँ, फार्सेडाँडा, बुढामारे, कुवाशैनी, झल्लारा र भक्तडी लगायतका गाउँ बस्ती खानेपानीको अभावले काकाकुल छन् । यहाँको खानेपानी समस्या समाधान गर्न २०७५ सालेदखि लिफ्ट प्रविधिमार्फत खानेपानी आयोजना लागू गरिएको थियो । जुन अझैं अधुरो छ ।

भौगालिक अवस्थाका कारण यी क्षेत्रमा पानी पु¥याउन पिनेखोलाको पानी तीन ठाउँमा लिफ्ट गर्नुपर्ने हुन्छ । त्यहाँका ५०० परिवारलाई खानेपानी पु¥याउने लक्ष्य लिएको यो आयोजना निर्माणमा पञ्चपुरी नगरपालिकाले बेवास्ता गर्दै आएको छ । संघीय सरकारको विशेष अनुदानमा अघि सारिएको आयोजना अहिले लथालिंग अवस्थामा छ । आयोजना अलपत्र हुनुमा नगरपालिकाले अपनाएको भद्रगोल ठेक्का प्रक्रिया पनि हो ।

उक्त आयोजना सम्पन्न गर्न चार ठेक्का परिचालन गरिएको छ । जसले गर्दा आवश्यक समन्वय हुन सकेको छैन् ।
पञ्चपुरी नगरपालिका १ का ती गाउँका बासिन्दाले वर्षौंदेखि खानेपानी अभावको सास्ती भोग्नुपरेको छ । स्थानीयहरु पानी बोक्दाबोक्दै बुढो भएको दुखेसो गर्छन् । घरमा लामो दुरी पार गरी गाग्रीमा बोकेर ल्याएको पानी आफूले खानेकी गाईभैंसीलाई खुवाउने पिरलोमा दिनचर्या बिताउन स्थानीयबासिन्दा बाध्य छन् । सिचाइँको समस्या धेरै टाढाको भइहाल्यो । खाना पकाउने र गाईबस्तुलाई के खुवाउने भन्ने समस्या छ ।

स्थानीयबासिन्दाले आयोजना लथालिंग हुनुमा पञ्चपुरी नगरपालिका र सरोकारवाला निकायप्रति आक्रोश पोखेका छन् । घरमा जडान गरिएका धारामा समेत पानी कम आउने छ । खानेपानीको स्रोत कम र भएको स्रोत समेत जलवायु परिवर्तनका कारण सुक्न थालेका छन् ।

जथाभावी सडक निर्माण, पृथ्वीमा तापक्रम वृद्धि, कर्णाली र भेरी नदी बेसिनमा पानीको उपलब्धतामा कमीजस्ता कारण पहिलेको तुलनामा पानीको स्रोत निकै कम हुने गरेको छ । धेरै ठाउँमा मुहान सुकिसकेका छन् । पानीका मुहानहरु सुक्दै जानु र सरकारले बजेट दिएको योजनासमेत नबनेकामा स्थानीयमा आक्रोशित छन् ।

मुहान संरक्षणका लागि स्थानीयले प्रयास नगरेका होइनन् । तर नगरपालिकाले हचुवाका भरमा जथाभावी मुहान मास्दै सडक खनेपछि पानी सुक्दै गएको छ । सडककै कारण पानीको स्रोतमा कमी आएको छ । जथाभावी सडक विस्तारले कतिपय ठाउँमा पानीको स्रोत समेत हराउन पुगेको छ ।
खानेपानी संकट टार्न नेताहरुले विगतमा आश्वासन नदिएका होइनन् । अहिले पनि नेताहरुले आश्वासन दिइरहेका छन् । नेताहरुले स्थानीसंग चुनावताका भोट माग्ने बेला खानेपानी पु¥याउँछौं भनेर गरेको वाचा भुलेका छैनन् । अर्को चुनावसम्म आयोजना बन्नेमा स्थानीय विश्वस्त छैनन् । बरु अर्को समस्या देखिएको छ, खानेपानीको चरम समस्याका कारण बसाइसराई । पानीकै पिरलोका कारण बसाइँ सर्ने प्रवृत्ति बढ्दै गएको छ ।

स्थानीयका अनुसार हालसम्म १५० घरधुरी बसाइँ सरिसकेका छन् । खानेपानी संकट समाधान नभए गाउँ नै रित्तिन सक्ने चिन्ता छ ।
नागरिकका आधारभूत समस्या समाधान गर्ने दायित्व स्थानीय सरकारको हो । खानेपानीका लागि बजेट उपलब्धता केन्द्र र प्रदेश सरकारले व्यवस्थापन गर्दै आएका छन् ।

तर स्थानीय तहको गैरजिम्मेवारीपनका कारण आयोजना सम्पन्न नभई उल्टै लथालिंग अवस्थामा पुग्नु दुखद हो । स्थानीय तहले आफै स्रोत जुटाएर नागरिकको खानेपानीजस्तो आधारभूत समस्या समाधान गर्नुको साटो केन्द्र सरकारले पठाएको बजेटमा समेत खेलवाड गर्नु आपत्तिजनक हो । पञ्चपुरी नगरपालिकाले वडा नं १ मा पर्ने बस्तीहरु हाँसेगाउँ, फार्सेडाँडा, बुढामारे, कुवाशैनी, झल्लारा र भक्तडी तत्काल खानेपानी आपूर्तिको व्यवस्थापन गर्न जरुरी छ ।

खानेपानी अभावले काकाकुल हुन गई मानिसहरु बस्ती सर्न बाध्य हुनु लाजमर्दो र जिम्मेवार पदाधिकारीको नालायकीपन हो । यसले हाम्रो स्थानीय तहले जनतालाई गर्ने सेवा प्रवाहको अवस्था कस्तो छ भन्ने झल्काउँछ । अतः पञ्चपुरी नगरपालिकाले वडा नं १ का काकाकुल नागरिकलाई पानीको प्यास मेटाउने दायित्व तत्काल पुरा गरोस् । खानेपानीकै कारण नागरिकहरु तड्पिएर गाउँबस्ती छाड्ने अवस्थाले निरन्तरता नपाओस् । पञ्चपुरीका मेयर र जनप्रतिनिधिको ध्यानाकर्षण होस् ।

सम्पादकीय :पञ्चपुरीका काकाकुल बस्तीमा पानी पु¥याऊ

सम्पादकीय: हुम्लीका अधुरा सडक सपना

सम्पादकीय :पञ्चपुरीका काकाकुल बस्तीमा पानी पु¥याऊ

हिंसा न्यूनिकरण गर्नःकिशोरीलाई आत्मरक्षा तालिम