हिमा जिल्लामै पहिलो ‘पूर्ण साक्षर गाउँपालिका’ घोषणा

जुम्लाका अन्य गाउँपालिकाहरूलाई उछिन्दै हिमा गाउँपालिका जिल्लामै पहिलो ‘पूर्ण साक्षर गाउँपालिका’ घोषणा भएको छ। ६ वटा गाउँपालिकाहरू मध्ये सदरमुकाम भित्रकाे एक मात्रै चन्दननाथ नगरपालिकालाई उछिन्दै हिमा गाउँपालिका जिल्लामै पहिलो ‘पूर्ण साक्षर गाउँपालिका’ घोषणा भएको हो। बिहीबार कर्णाली प्रदेशकी जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढा हिमा गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरेकी हुन्। कर्णाली प्रदेशकी जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढा हिमा गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरेकी हुन् ।
उनले हिमाले पहिलो साक्षर पालिका घोषणा गरेर इतिहासमा नाम दर्ज गरेको बताइन्।साक्षर हिमा गाउँपालिकाको सार्वजनिकिकरण कार्यक्रममा उनले साक्षर गाउँपालिका घोषणा गर्न चाहिने १२ सुचकमध्ये अधिकांश सुचकहरु पूरा गर्न सफल भएकोमा खुसी व्यक्त गरिन्। बहुभाषिक शिक्षाको प्रर्वद्धन,पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता भन्ने मुल नारासहित हिमालाई साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए। उनका अनुसार हिमाको कुल जनसंख्या १२ हजार आठ सय ४ छ ।
तीमध्ये १२ हजार २ सय ५६ जना साक्षर छन् । गाउँमापालिकाभित्र अक्षर चिन्न नसक्ने, आफ्नो नाम लेख्न, हस्ताक्षर गर्न सक्ने भएको गाउँपालिका प्रमुख शाहीले बताए। हिमा १ देखि ७ वडा छन्। प्रतिशतमा ९५.७२ प्रतिशत नागरिक साक्षर भएकोमा निरक्षरको संख्या ४.२८ प्रतिशत छ। स्नातकोत्तर तहसम्म अध्ययन गरेका ५५ जना,स्नातक गरेका १ सय ५५ जना, आइएड गरेका ८ सय जना रहेका छन् ।

उच्च माबिसम्म पढेका ११ सय ९६,एसएलसी पास गरेका ९ सय ५० जना र एसईई उतिर्ण गरेका १ हजार ६ सय ४८ रहेका गाउँपालिकाको तथ्यांकमा उल्लेख छ।बालविकासतर्फ सामान्य साक्षरको संख्या ४ सय २२ जना रहेको छ । पालिकामा रहेका प्रौढ जनसंख्या एक हजार ६ सय ६० जना र विद्यालय उमेरका ५ हजार ३ सय ७० जना साक्षर छन्।
गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले पहिलो साक्षर गाउँपालिका घोषणा गर्न पाउादा उत्साहित भएको बताए । यसले शिक्षा क्षेत्रमा हिमा अब्बल सावित भएको संकेत गरेको छ,’ अध्यक्ष शाहीले भने,‘यसलाई संस्थागत गर्दै लैजान सबैको हातेमालो आवश्यक हुन्छ । ’यता जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले साक्षर घोषणा गरेर हिमा गाउँपालिकाले महत्वपुर्ण सन्देश फैलाएको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, हिमा गाउँपालिका-१ का वडाध्यक्ष रतनबहादुर शाहीले हिमालाई जिल्लाकै पहिलो साक्षर पालिका घोषणा गर्नु नमुना कार्य भएको बताएका थिए । हिमाले हरेक वर्ष ३० प्रतिशत बजेट लगानी गरिरहेको बताए।साक्षर गाउँपालिका घोषणा कार्यक्रममा वक्तिृत्वकला र देउडा कार्यक्रमहरु देखाइएको थियो । सो अवसरमा प्रशासकीय भवन निर्माणको लागि जग्गा प्रदान गर्ने जग्गादाताहरुलाई सम्मान समेत गरिएको थियो ।







