प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डो¥याउन लागेको भन्दै एमाले महासचिवको आपत्ति


नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डो¥याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले बिहीबार सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन् । ‘माओवादी अध्यक्ष प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्याउने काम भइरहेको छ,’ उनले भने, ‘प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ। प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन हुन्थेन,’उनले भने, ‘त्यो लोकतान्त्रिक हुन सक्दैन ।’

आफूहरूको आशय दुई दलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको बताएका उनले राजनीतिक स्थायित्व र विकासका लागि नेपालमा दुई दल मात्र भए पुग्ने प्रतिक्रिया दिए ।

‘मैले दुई दलीय प्रणालीको कुरा गरेको छैन मुलुकको स्थायित्व र विकासका लागि दुई दल भए पुग्छ भनेको हो । अमेरिकामा सयौं वर्षदेखि दुई दलबीच प्रतिस्पर्धा भइरहेको छ । संसद्को जननी बेलायतमा अरु दल खोल्न नपाइने हो र ? तर दुई दलबीच नै प्रतिस्पर्धा चलिरहेकै छ’ महासचिव पोखरेलले भने, ‘नेपालमा जनमत विभाजित भयो भन्ने प्रश्नसहित धेरै दल होइन बलिया दुई दल भए पुग्छ भनेको हो । मुख्य त दुई विचार पुँजीवादको सुधार कि समाजवाद भन्ने नै हो ।’

अर्को फरक प्रसंगमा महासचिव पोखरेलले सरकारप्रति कांग्रेस महामन्त्रीद्वय असन्तुष्ट रहेको भन्ने कुरा बनावटी रहेको बताए ।

प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डो¥याउन लागेको भन्दै एमाले महासचिवको आपत्ति

सूचीकृतमध्ये तीन प्रतिशतलाई मात्र रोजगारी

प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डो¥याउन लागेको भन्दै एमाले महासचिवको आपत्ति

हिमा जिल्लामै पहिलो ‘पूर्ण साक्षर गाउँपालिका’ घोषणा

This will close in 0 seconds