पाठेघर सम्बन्धी स्वास्थ्य परीक्षण


पातारासी गाउँपालिका–४ डिल्लीचौर स्वास्थ्य चौकीमा एक दिने पाठेघर सम्बन्धी शिविर सञ्चालन गरिएको छ । गाउँपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सहकार्यमा सर्वाेदय नेपाल जुम्लाले शिविर सञ्चालन गरेको हो ।

ग्रामीण गाउँबस्तीका महिलाका पाठेघर सम्बन्धी संक्रमण पहिचान गर्ने र औषधी उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको सर्वाेदय नेपाल जुम्लाका निर्देशक कमलराज खत्रीले बताए ।

‘यस पालिका भित्रका ४ र ५ नम्बर वडाका महिलाले सेवा लिएका छन्,’ उनले भने । शिविरमा ८० जना महिलाको पाठेघर चेकजाँच गर्दा ६ जनामा संक्रमण देखिएको प्रतिष्ठानका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. संगीता न्यौपानेले जानकारी दिइन् । ‘संक्रमण भएका महिलालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रेफर गरिएको छ,’ उनले भनिन् ।

शिविरमा प्रतिष्ठानका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. न्यौपानेको नेतृत्वमा स्टाफ नर्स विमला तिमिल्सिना, अनमी बिमा रोकाया, अहेव विष्णु थामीलगायत डिल्लीचौर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी पनि परिचालन भएका थिए ।

‘कलिलै उमेरमा विवाह गर्ने र बच्चा जन्माउने, कम उमेरमा बच्चा जन्माउनु तथा गर्भान्तर नगरी वर्षेनी बच्चा जन्माउनु, बच्चा जन्मिसकेपछि चाँडै साल झरेन भनेर बल प्रयोग गरी साल निकाल्नु, सुत्केरी अवस्थामा टुक्रुक्क बसेर लुगा धुनु वा गह्रौं कामहरु गर्नु, गर्भवती वा सुत्केरी अवस्थामा राम्रो स्याहार नपाउनुजस्ता कारणले पाठेघर सम्बन्धी समस्या हुने र पाठेघर खस्ने गर्दछ,’ स्त्री तथा प्रसुति रोग विशेषज्ञ न्यौपानेले बताइन् ।

पाठेघर सम्बन्धी स्वास्थ्य परीक्षण

लागत ११ खर्ब ४७ अर्ब, निर्माण अवधि

पाठेघर सम्बन्धी स्वास्थ्य परीक्षण

छत्रेश्वरीमा राष्ट्रपति रनिङ शिल्डको तयारीमा

This will close in 0 seconds