सिकाई उपलब्धी अभिवृद्धिका लागि वृहत अन्तरक्रिया

सल्यानको छत्रेश्वरी गाउँपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि वृहत अन्तरक्रिया, छलफल र प्रगति समिक्षा गरिएको छ । शैक्षिक गुणस्तर अभिवृद्धि र शैक्षिक सत्र २०८१ मा सिकाई उपलब्धी अभिवृद्धि गर्ने सन्दर्भमा जनप्रतिनिधी एवम् विद्यालयका प्रधानाध्यापकहरुका विचमा छलफल सम्पन्न भएको हो ।

कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका ४३ विद्यालय मध्ये ३९ वटा सामुदायीक र ३ वटा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुले कक्षागत र विद्यालयको सिकाई उपलब्धी प्रस्तुतीकरण गरेका थिए ।

यस्तै शैक्षिक सत्र २०८० मा गरिएको ३८ बुदे कार्यसम्पादन करार सम्झौताको समिक्षा गरिएको थियो भने शैक्षिक सत्र २०८१ का लागि हाल सम्म भर्ना भएका विद्यार्थीको तथ्यांक लिइएको शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख केशर बहादुर वलीले जानकारी दिए । आगामी दिनमा विद्यालय अनुगमनलाई चुस्त दुरुस्त बनाउने निर्णय संगै छत्रेश्वरी शैक्षिक पात्रो, २०८१ पनि सार्वजनिक गरिएको उनले जनाए ।

सिकाई उपलब्धी अभिवृद्धि र विद्यालय सुधारका लागि गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी र उपाध्यक्ष बुद्ध कुमारी खत्रीले आवश्यक निर्देशन प्रदान गरेका थिए ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडाध्यक्ष फौद बहादुर बस्नेत, वडा नं २ का वडा अध्यक्ष प्रेम बहादुर नेपाली, ३ का वडाध्यक्ष तिर्थराज दाहाल, ४ का वडाध्यक्ष छविलाल खत्री, वडा नं ६ का वडाध्यक्ष टिकाराम बुढा लगाएत कार्यक्रममा सहभागि थिए ।

तपाईको प्रतिक्रिया