दुर्गमका अति विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

सल्यानको दुर्गम र विकट क्षेत्र शारदा नगरपालिका ९ स्थित भुवनेश्वरी माध्यमिक बिद्यालयका जेहेन्दार तथा अति विपन्न बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरिएको छ । सल्यान कला साहित्य परिषदले आठौं बार्षिकोत्सवको अवसरमा बुधबार बिद्यालयमै पुगेर न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको हो । कक्षा ६ देखि १० सम्म अध्य्यनरत १२ जना विपन्न विद्यार्थीलाई […]

अतिरिक्त शुल्क तिरेर काम लिनुपर्ने अवस्थालाई हतोत्साहित गर्छौँः मुख्यमन्त्री कँडेल

अतिरिक्त शुल्क तिरेर सेवाग्राहीले काम लिनुपर्ने अवस्थालाई निरुत्साहित र हतोत्साहित गरिने भन्दै कर्णाली प्रदेशका यामलाल कँडेलले प्रमाण भेटिएमा कारवाही गरिने बताएका छन् । साथै उनले विकास निर्माणको काम आर्थिक वर्षको अन्त्यमा हुने परिपाटीको पनि अन्त्य गरिने उल्लेख गरे । विभिन्न कार्यालयले सेवाग्राहीबाट अतिरिक्त शुल्क लिइरहेको गुनासो बढेकाले सेवाग्राही, निर्माण व्यवसायीले अतिरिक्त शुल्क तिर्नुपर्ने परिपाटीको अन्त्य […]

चाडबाडमा सहज सामग्री आपुर्तिको व्यवस्था मिलाइने, खलंगा बजार अनुगमन

चाडपर्वमा उपभोक्तालाई सहज रुपमा उपभोग्य सामाग्री आपूर्तिको व्यवस्था मिलाउनका लागि सल्यानमा बृहत छलफल र आवश्यक निर्णय गरिएको छ । शुक्रबार सदरमुकाम खलंगामा बसेको जिल्लास्तरीय बजार अनुगमन समितिको बैठकले आवश्यक मात्रामा उपभोग्य सामाग्रीहरुको सहज उपलब्धताका लागि प्रभावकारी व्यवस्थापन गर्ने निर्णय गरेको हो । साथै शुक्रबार नै खलंगा बजारका विभिन्न पसलमा अनुगमन समेत गरिएको थियो । उद्योग […]

पुस्तकालय गतिविधिका कारण पढ्ने बानी, अनुशासन र अन्य व्यवहारिक पक्षमा सुधार

सल्यानका सामुदायीक विद्यालयमा सञ्चालन गरिएको पुस्तकालय गतिविधिका कारण महत्वपूर्ण सफलता प्राप्त हुन थालेको छ । साक्षरता कार्यक्रम अन्तर्गत प्रारम्भिक तहका बालबालिकाहरुको पढ्ने सिप र पढ्ने बानीको विकास गर्न पुस्तकालयले महत्वपूर्ण सफलता प्रदान गरेको हो । आइतबार श्रीनगरमा आयोजित कार्यक्रममा पुस्तकालय गतिविधिमा संलग्न शिक्षकहरुले वालवालिकाहरुमा पढ्ने बानीको विकास संगै अनुशासन र अन्य व्यवहारिक पक्षमा सुधार आएको […]

ग्रामीण भेगमा सिंचाइ सुविधाको लागि साढे ९१ लाख बढीको नमुना आयोजना

दुई आर्थिक वर्षमा सम्पन्न भएको जलवायु अनुकुलन सम्बन्धी नमुना सिंचाई आयोजनाले सल्यान छत्रेश्वरी गाउँपालिका, ५ का किसानहरु हर्षित भएका छन् । वडा नं ५ स्थित काप्रेचौर जरेखोली सिंचाइ आयोजना सम्पन्न भएसंगै किसानहरुमा खुसी छाएको हो । करिव ८ हेक्टर जमिनमा सिंचाइ सुविधाको पहुँच पुग्नेगरी सम्पन्न आयोजनाले ६५ घरधुरीका किसानलाई प्रतयक्ष रुपमा लाभ प्रदान गरेको छ […]

भर्खरै रोपेको धानमा फेद कुहिने रोग देखिएपछि सल्यानका किसान चिन्तीत

भर्खरै रोपेको धानमा रोग लागेपछि सल्यानका किसान चिन्तामा परेका छन् । धानबालीमा फेद कुहिने, पात पहेँलो हुने, सुक्ने जस्ता समस्या देखिएपछि यहाँका किसान चिन्तीत भएका हुन् । विशेष गरेर जिल्लाको छत्रेश्वरी गाउँपालिकाको गरिज्युला, सांगार लगाएतको क्षेत्रमा किसानले भर्खरै रोपेको धानवालीमा समस्या देखिएको हो । छत्रेश्वरी, ६ सांगारकी कृषक सुन्तली विष्टले गत असारको १९ र २० […]

लागू औषधको रुपमा प्रयोग गर्न ल्याएको ९० क्याप्सुल सहित तीनजना पक्राउ

लागू औषधको रुपमा प्रयोग गर्नका लागि दाङबाट ल्याएको ९० वटा क्याप्सुल सहित ३ जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ । दाङबाट जीपमा लागू औषध ल्याउने चालक तथा उक्त लागू औषध मगाउने दुई जनालाई सल्यानको त्रिवेणी गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बुधबार दिउँसो दाङको तुलसीपुरदेखि जयचौर जाने रा १ ज ५०८ […]

‘विद्यमान बेरोजगारी समस्याको दिगो समाधान उद्यमशीलता’

सल्यानका युवा तथा महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले व्यवसाय सुरुवात तालिम सुरु भएको छ । आर्थिक र सामाजिक न्यायका लागि समूदाय परिचालन परियोजना अन्तर्गत विहिबारदेखि व्यवसाय सुरुवात तथा उद्यमशीलता विकास तालिम सुरु भएको हो । सल्यान श्रीनगरमा सुरु भएको तालिम आइतबार सम्म सञ्चालन हुनेछ । समूहमा आवद्ध महिला तथा युवाहरुलाई लाभदायक र दिगो व्यवसाय शुरु गर्न […]

अबदेखि शिक्षकहरुले सिकाइ स्तरमा आधारित शिक्षण गर्ने

प्रारम्भिक कक्षामा नविनतम शिक्षण विधि मार्फत शैक्षिण स्थिती सुधारका लागि सामुदायीक विद्यालयका शिक्षकहरुलाई तालिम प्रदान गरिएको छ । सिकाइ स्तरमा आधारित शिक्षण कार्यक्रम अन्तर्गत छत्रेश्वरी गाउँपालिकाभित्र रहेका सामुदायीक विद्यालयका शिक्षक तथा शारदा नगरपालिका र सिद्ध कुमाख गाउँपालिकाका श्रोत कक्षाका शिक्षकहरुलाई ८ दिन सम्म तालिम प्रदान गरिएको हो । सल्यानको श्रीनगरमा आइतबार तालिमको समापन गर्दै छत्रेश्वरी […]

बायो इन्जिनियरिङ्ग मार्फत भुक्षय नियन्त्रण र मुहान संरक्षणको प्रयास गर्दै छत्रेश्वरी

सल्यानमा बायो इन्जिनियरिङ्ग प्रविधि मार्फत पहिरो तथा भुक्षय नियन्त्रणको प्रयास थालिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा प्रकोप जोखिम व्यवस्थापन, जलवायु अनुकुलन तथा मुहान र जैविक विविधता संरक्षणका लागि इन्जिनियरिङ्ग प्रविधिको सुरुवात भएको हो । सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना (सुस्वा) अन्तर्गत गाउँपालिकाले स्थानीयहरुलाई यस प्रविधिको बारेमा सीप प्रदान गरेको हो । नेपालको […]

पूर्ण सरसफाई कार्ययोजना निर्माणका लागिद कार्यशाला सम्पन्न

सल्यानको छत्रेश्वरी गाउँपालिकालाई आगामी २०८३ सालभित्र सफा र स्वच्छ पालिका घोषणा गर्ने लक्ष्य निर्धारण गरिएको छ । विहिबार गाउँपालिकामा आयोजित पालिका स्तरिय पूर्ण सरसफाई कार्ययोजना निर्माण सम्बन्धी कार्यशालामा सरसफाई र स्वच्छताका क्रियाकलापहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने सम्बन्धी छलफल भएको हो । सबैको लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता परियोजना (सुस्वा परियोजना) अन्तर्गत आयोजित कार्यशालामा पूर्ण […]

स्थानिय तहको आफ्नै लगानीमा साक्षरता कार्यक्रम विस्तार

प्रारम्भिक कक्षाका बालबालिकामा पठनसीप र पढ्ने बानीको विकासका लागि प्रभावकारी मानिएको साक्षरता कार्यक्रमलाइ सल्यानका स्थानिय तहले आफ्नै लगानिमा संचालन सुरु गरेका छन् । जिल्लामा उदाहरणीय बनेको साक्षरता कार्यक्रम दुई स्थानिय तहले विस्तार गर्ने भएका हुन् । यस अघि रुम टु रिड संगको साझेदारीमा संचालित कार्यक्रमलाई जिल्लाको शारदा नगरपालिका र बागचौर नगरपालिकाले बिस्तार गर्ने भएका हुन […]

सल्यानका ६ वडामा सामाजिक र आर्थिक न्यायका लागि समुदाय परिचालन परियोजना सुरु

महिला र युवाहरुको सक्रिय सहभागिता मार्फत समावेशी र दिगो समाज स्थापनाका लागि सल्यानमा समुदायलाई परिचालन गरिने भएको छ । जिल्लाका ६ वटा वडामा सामाजिक र आर्थिक न्यायका लागि समुदाय परिचालन परियोजना सुरु भएको हो । छत्रेश्वरी गाउँपालिकामा विहिबार यस परियोजनाको जिल्ला नेतृत्वकर्ता दलित विकास समाजले परियोजनाको परिचयात्मक कार्यक्रम गर्दै शासन संरचनामा युवा तथा महिलाको सहभागिता […]