मानसरोवर बहुमुखी क्याम्पसले आफ्नै स्रोतबाट विद्यार्थीलाई छात्रवृत्ति दिने


मानसरोवर बहुमुखी क्याम्पसले आफ्नै स्रोतबाट व्यवस्था गरेर विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने भएको छ ।
क्याम्पसको पठनपाठन कार्यमा सहभागिता बढाउन र जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग पुर् याउनका लागि सीमित साधन–स्रोत भएको क्याम्पसले छात्रवृत्तिको व्यवस्था गरेको हो ।

क्याम्पस प्रमुख दीपक भण्डारीले बुधबार बसेको क्याम्पस व्यवस्थापन समितिको बैठकले स्नातक तह र स्नाकोत्तर तहका गरी पाँच जना विद्यार्थीलाई आगामी शैक्षिक सत्रबाट छात्रवृत्तिको व्यवस्था गर्ने निर्णय गरेको बताए ।

उनले क्याम्पसले आंशिक शिक्षकको व्यवस्था गरेको भए पनि विद्यार्थी पढाइका लागि कम उपस्थित हुन थालेपछि पढनपाठन कार्यमा बढीभन्दा बढी विद्यार्थी सहभागिता गराउन यो प्रयास गरिएको बताए । जेहेन्दार विद्यार्थीलाई पढाइमा सहयोग पुर्याउनका लागि यो प्रयास गरिएको हो ।

यसका लागि केही निश्चित सूचक राखेर विद्यार्थी छनोट गरिनेछ । छात्रवृत्ति रकम भने विद्यार्थीले एक वर्षमा क्याम्पसलाई तिर्दै आएको रकम बराबर हुनेछ ।

त्यसैगरी, समितिको बैठकले क्याम्पसको विद्यान संशोधन तथा आर्थिक कार्यविधि निर्माणका लागि पाँच सदस्यीय समितिसमेत गठन गरेको छ ।

क्याम्पस व्यवस्थापन समितिका सदस्य राजन रावतको संयोजकत्वमा जंगबहादुर रोकाया, विनोद बोहरा, ताक्लाजिक्मेत लामा, गोरासिंह बोहरा र क्याम्पस प्रमुख दीपक भण्डारी सदस्य सचिव रहने गरी समिति गठन गरिएको हो ।

तपाईको प्रतिक्रिया