संसद बहिस्कार कहिले सम्म ?

बहुदलिय प्रजातन्त्र पुन: प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र स्थापना २०७३ जन संविधान घोषणा भएको ६ वर्ष भयो । वि.पि. कोइराला र पुस्पलालको समाजवाद नारा लिएर संसदिय राजतन्त्र, गणतन्त्र घोषणापछि २४० बर्ष निरंकुश राजतन्त्र अन्त्य भएर शक्ति विकेन्द्रिकरण संघीय गणतन्त्र शक्ति पृथकीकरणबाट देश सुशासन खोज्न अगाडी बढिरहेको छ । जंगवहादुरले लगाएको भाडाको प्रदेशको लाहुरे संस्कृती बढेर भारत, बेलायत ब्रोनाई बहराईनसम्म युवा राइफल समाउन निरंन्कुश शाह राणाकालले देशीयकर युवाको रिमिटेन्स (विप्रेषण) खाएर मोजमस्ती गरेर गाउ“मा लाहुरेकी श्रीमतीसंग मुखिया, जिम्वाल, राणा शाहरु मोज गरे ।

दक्षिणपन्थी, वामपन्थीहरुले आ–आफनो समाजवाद नारा लगाएर हजारौ हजार निरंकुशता अन्त्यको लागि शहिद बनाए । २०४८ साल पछि पुनःप्रजातन्त्र २०६४ गणतन्त्र पछि दुवै फरक वादको समाजवाद नारा बोकेका स्वतन्त्रताका सेनानीहरु सत्तारुढ भए ।

अपार प्रकृतीले दिएको वहुमुल्य सम्पदा देश भरिपूर्णको सपना देखाउने आत्मनिर्भर बनाउने दलवादीहरु राज्य सत्ता धुरीमा पुगेको यति बर्ष हु“दासम्म सत्ता पुगी आ–आफना दलाल नातेदार अनेक प्रकारको फेरिस्ताबाट कमाउन सेटिङबाट राज्य विभिन्न अंगमा आफ्ना रंगरुट स्थापित गराउन र संस्थागत भ्रष्टाचार कमी आएको छैन ।

सत्तामा जान बहुमत सरकारले मध्यवती घोषणा गरे । संसदवादी माओवादी भएर बन्दुक उठाएर १० बर्षे द्धन्द्ध मच्चाएर हजारौ युवाको शहिद लास्कर लगाए । यहि द्धन्द्ध फाइदा उठाएर निरंन्कुश चाहने दरवारिया टाउको उठाएर पटक पटक बहुदलिय प्रजातन्त्र अन्त्य गरेर निरंकुशतन्त्र चाहने राज संस्था सदाको अन्त्य गरेर पठाए ।

मानवले पहिलो सपना देख्छ मानव विकासक्रम त्यसपछी साकार बनाउ“दै आएको छ । सपना देखाउनेहरुका पछाडि नै पीडित मानिसको हुल लाग्ने गर्दछ । नया“ नेपाल बनाउन समाजवाद आवश्यक छ । निरंन्कुश तन्त्र नै गतिशिलताको बाधक हो भनि यि दलालवादीहरुका योजनामा सात दशकसम्म निरंन्कुश बिरुद्ध गणतन्त्र नेपाल स्थापना गर्दासम्म अनेकांै प्रकारका एकतान्त्रिक निरंन्कुशको जेलनेल यातना हजारौं हजार शहिद हुन गएका हुन ।

पुनः प्रजातन्त्र त्यसपछी संघीय गणतन्त्र २०७२ को जन–संविधान लागु भएर दुई पटक तिन तहको निर्वाचन भएर यि दलालवादीहरु समाजवाद बनाउने सपना देखाउनेहरुले सत्ता सञ्चालन गरिरहेका छन् । प्रजातन्त्रमा प्रजातान्त्रिक जनमत आधारमा राज्य तिनै तहले सुशासन संचालन निति, नियम कानुन निर्माणहरु वैधानिक तरिकाले सञ्चालन हुन पर्छ । पछिल्लो समय युरोपका इस्केन्डभिडन मुलुकहरुमा देश निर्माण सुशासन सत्ता सञ्चालनमा एकमाना सरकार भए पनि सहमती सहकार्य संसद सत्ता सञ्चालन गरी उच्च विकास आत्मनिर्भर मुलुक बनिरहेका छन् ।

हाम्रो छिमेकी भारतमा अटलविहारी वाजपेयी ले मिलीजुली सरकार पाच बर्ष चलाएका थिए । सानो मुलुक सिंगापुर स्वतन्त्रताको भुमिमा निभाउने लिक्यानयु सुन्द्रर सिगापुर निर्माण गरे । राजनितीबाट सन्यास लिएपछि ९० वर्ष पुग्दा पुनः सत्ता आउन जनमाग भएपछी विजयी बनाएर पुनः सत्ता आए सिगापुर सुनपुर बनाए ।

हाम्रो वि.पि. पुस्पलालका चेलाहरुलाई राज्य सत्ता जाने बंगला निर्माण गर्ने छोराछोरी विदेश अध्ययन गर्न पठाउने स्वदेशमा बोर्डिङ–स्कुल, मेडिकल कलेज प्रा.लि. अस्पताल शेर हाल्ने लुटने म्यानपावर कम्पनीबाट युवायुवती परदेश श्रमदास पठाउने उनीहरुले पठाएको रेमिन्टेस (ब्रिपे्रशन) अनेकौ विकृतीबाट कमिसन भ्रष्टाचार गर्ने ९ महिने एक बर्ष सत्तामा जाने ओर्लने कमाउ धन्दा भएको छ । के यसरी समाजवाद आउला ?

सत्ता सञ्चालनका ३५ वर्षमा राज्यका अंगमा बसेका नेतृत्वहरु नै राज्यका अंगहरु परिचालन गरेर अनेकौ फेरिस्तबाट कमाएको व्यक्तिहरु नाम सञ्चारदेखी पक्राउ पर्न थालेपछी अनेक प्रकारले संसद अबशेध बहिस्कार गर्ने एक बर्ष ५ महिनामा दुई विल पास गर्ने गाइजात्रा गरिरहेका छन् । पंचायत कालमा जेलनेल खाएका नेतृत्व संधै सा“वा, ब्याज उठाउन आफै मात्र नेतृत्वको टुपिमा टा“सी रहन अनेकौं हर्कत सामान्ती लेठो छोडन नसकी त्यो व्याज परिवारका सदस्यहरु समेत व्याज प्राप्त गर्न तल्लिन भै लागिरहेका छन् ।

के यस्तै प्रकारले देश आत्मनिर्भर देखी भाडा प्रदेशमा पठाउने लाहुरे युवायुवती समेत अरव तातो श्रम गर्न जाने क्रमको अन्त्य होला, स्वदेशको उन्नती गरी श्रम लगाउलान ? यस्तै केही महिनामा सत्ता परिवर्तन अस्थिरता बनाई राखे जनता विकल्प खोज्दछन । यो प्राकृतिक नियम हो । संधै संसद अवरोध बहिस्कार कहिले सम्म ?

तपाईको प्रतिक्रिया