गुर्भाकोट–७ मा माटो खन्ने क्रममा ढुङ्गाले च्यापिएर महिलाको मृत्यु

सुर्खेतको गुर्भाकोट नगरपालिका–७ मा घर लिप्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापेर एकजना महिलाको मृत्यु भएको छ । बिहिवार बिहान गुर्भाकोट नगरपालिका ७ सानोठकेनीमा ३८ वर्षीया ज्योती वलीको मृत्यु भएको हो ।

दसैँको लागि घर नजिकै खोलाको छेउमा माटो खन्ने क्रममा माथिबाट आएको ढुङ्गाले च्यापेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदम खड्काको नेतृत्वमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

गुर्भाकोट–७ मा माटो खन्ने क्रममा ढुङ्गाले च्यापिएर महिलाको मृत्यु

कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै

गुर्भाकोट–७ मा माटो खन्ने क्रममा ढुङ्गाले च्यापिएर महिलाको मृत्यु

मुहान सुक्न थालेपछि पानीपोखरी