प्राथमिक उपचार तथा उद्धार तालिम सम्पन्न

तिलागुफा नगरगरपालिकाले प्राथमिक उपचार तथा उद्वारकर्ता चार दिने तालिम सम्पन्न गरेको छ । विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य जस्ता कार्यको व्यवस्थापन हुन नसक्दा विपद्को जोखिम बढ्दै गएकाले प्राथमिक उपचार तथा उद्वारकर्ता तालिम सञ्चालन गरिएको हो ।
तिलागुफा नगरपालिकाले–१ नाग्मा बजारमा तालिमको आयोजना गरेको थियो । मानवीय सहायता तथा विपद् पुर्बतयारी (उत्थान) परियोजना अन्तर्गत यस्तो सीप सिकाइको हो । नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले वहुप्रकोप जोखिमयुक्त ग्रामीण क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा आपतकालीन प्रतिकार्य क्षमता अभिवृद्धिका लागि तालिम महत्वपूर्ण रहेको बताए ।
सिकेको सिपलाई ब्यवाहरमा लागु गर्न सहभाीलाई सुझाव दिए । गाउँमा हुने विपद्मा ठाउँमा पछि तपाईंहरुलाई परिचालन गरिनेछ । सीप सिकेको सिकाइ अरुलाई सिकाउन अपिल गरे । विपद् परेको बेला उद्वार कर्तालाई सजिलो हुनेछ । आशा गरेको छु । यस प्रकारको तालिम जुम्लाको सिंजा गाउँपालिका पनि सञ्चालन गरिएको थियो । तालिममा ११ जना स्थानीय सहभागी थिए ।
५ जना महिला र ६ जना पुरुषले सीप सिकेका थिए । तालिममा अग्नि नियन्त्रणका विधि तथा उद्धारका तरिका, अग्नि नियन्त्रणका सामग्री चलाउने विधि सिकाइएको प्रशिक्षक नरविर सुनारले बताए । यस्तै हाड भाँचिने, घाँटीमा अड्किने, स्थानीयस्तरमा आपत्कालीन स्ट्रेचर बनाउने र दुर्घटनाका समयमा प्राथमिक उपचार तत्कालै पु¥याउने भन्ने विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।
मानव जीवनमा विपद्का रुपमा निम्तिन सक्ने आपत्कालीन अवस्थाहरु, घाउ चोटपटक, बिमारी तथा वातवरणीय समस्याहरुका प्राथमिक उपचारका लागि समुदायमा नै स्वयंसेवकहरु तयार पार्ने उद्धेश्यले उक्त तालिमको आयोजना गरिएको पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताए ।
विपद् परियोजना लागू भएका सबैठाउँमा विपद् कार्यदल गठन भएको छ । अस्पतालको अभाव र आपत्कालीन अवस्थाका घटनाहरुमा यस्तो प्रकारको तालिम प्राप्त गरेका स्वयंसेवकहरुले समूदायका नागरिकहरुकको प्राथमिक उपचार गर्नमा मद्धत गर्नेछन् । जसले नागरिकको स्वास्थ्य सेवामा टेवा पुग्ने छ ।
तालिममा प्राथमिक उपचार र यसका सिद्धान्त, प्राथामिक उपचारका मुख्य चरणहरु र आपत्कालीन घटनाका गरिने मुख्य प्राथमिक उपचारका बारेमा तालिममा सिकाईएको थियो । कतिपय अवस्थामा प्राथमिक उपचार नपाएर नागरिकले ज्यान गुमाउने हुदा समूदायमा यस्तो तालिम प्राप्त स्वयंसेवकहरुको आवश्यकतालाई मध्यनजर गरी तालिम आयोजना गरिएको आयोजकले बताएको छ । सहभागी कृष्णकला शाही र मानबहादुर बोगटीले तालिमको सीपलाई समुदायस्तरमै पु¥याउने बताए ।
तालिम संचालनका लागि कारीतास जर्मनी, कारितास नेपाल र पेस नेपाल जुम्लाको साझेदारी रहेको थियो ।






