उमालाल आचार्यको एकल कविता वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न


कवि उमालाल आचार्यको एकल कविता वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । वाङ्गमय चौतारी नेपाल, सुर्खेतको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कवि आचार्यले इतिहास “साँक्षी छ” र “महाभूल” शीर्षकका दुई वटा कविता वाचन गरेका थिए । आचार्यकै “भूँइचालो” शीर्षकको कविता स्रष्टा मीनराज पन्तले वाचन गरेका भने चौथो “मृत्युवरण“ शीर्षकको कविता सर्जक आफैले वाचन गरेका थिए ।

उनको “चिसो खरानी” शीर्षकको पाँचौँ कविता स्रष्टा सीता यरीले वाचन गरेकी थिइन् भने “तमासा” शीर्षकको छैटौँ कविता सर्जक स्वयमले वाचन गरेका थिए । कविता वाचनका क्रममा प्रकाशक तिलक प्रसाद सुबेदीलाई आयोजक संस्थाका अध्यक्ष गणेशभक्त गौतमले माला, अबिर र दोसल्ला ओढाएर सम्मान गरेपछि कवि आचार्यले “सपना” शीर्षकको ७ औँ कविता वाचन गरेका थिए ।

मन्तव्यका क्रममा स्रष्टा, समालोचक डा.महेन्द्रकुमार मल्लले सुर्खेतका लागि नयाँ प्रयोग भएको र सर्जक स्रष्टाहरूका निम्ति यो कार्यक्रम अत्यन्तै लाभप्रदक रहेको धारणा राखेका थिए । स्रष्टा सम्मान कार्यक्रम अन्तर्गत अग्रज वयोवृद्ध स्रष्टा लीलाधर गौतम र दर्जनौँ पुस्तकका लेखक, समालोचक प्राज्ञ डा.दीपक गौतम गरी दुई जना स्रष्टालाई फूलमाला, अबिर र दोसल्लासहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

वाङ्गमय चौतारी नेपाल, सुर्खेतका अध्यक्ष गणेशभक्त गौतमको अध्यक्षता रहेको कार्यक्रममा अग्रज स्रष्टा लीलाधर गौतमको प्रमुख आतिथ्यता रहेका थियो ।

कार्यक्रममा पृथ्वीबहादुर सिंह, श्यामकृष्ण अधिकारी, नारायण कोइराला, धीरेन अनुपम, भीमा ढकाल, ज्ञान बहादुर नेपाली, युद्धविक्रम शाही, हरिलाल महतारा, माया थापा, पूर्णप्रसाद भण्डारी, पुष्कर भट्टराई लगायतका थुप्रै स्रष्टाहरूको सहभागिता रहेको थियो । अध्यक्ष गौतमले सर्जक आचार्यको “साविती वयान” शीर्षकको ८ औँ कविता वाचन गरेर कार्यक्रमको समापन गरेका थिए ।

उमालाल आचार्यको एकल कविता वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

कर्णालीका किसानले दश लाखसम्म अनुदान पाउने

उमालाल आचार्यको एकल कविता वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

दैलेख महावुमा ४३ प्रतिशत मत खस्यो