जुम्लामा चट्याङ लागेर ७१ वटा मरे भेडा


जुम्लामा चट्याङ लागेर ७१ वटा भेडा मरेका छन् । शनिबार दिउँसो परेको चट्याङबाट उक्त भेडा मरेका हुन् । जुम्लाको पातारासी गाउँपालिका चेप्टे पाटनमा चट्याङ लागेर ५६ भेडा मरेका छन्, भने तातोपानी गाउँपालिका–४ का ६ जना किसानका १५ वटा भेडाहरु चट्यागंले गर्दा मरेका छन् । शनिबार दिउँसो करिब पौने चार बजेतिर फुलचाउल्या पाटनमा परेको चट्यागंबाट ६ जना किसानका भेडा मरेको प्रारम्भिक तथ्यांक प्राप्त भएको वडाध्यक्ष अमर रोकायाले बताए । चट्यांकबाट मानवीय क्षति नभएको उनको भनाइ छ ।
पातरासी गाउँपालिका–२ तल्फिका किसानका भेडा चेप्टे पाटनमा शनिबार दिउँसो ४ बजेतिर चट्याङ पर्दा ५६ वटा भेडा मरेको अस्थाई प्रहरी चौकी तल्फीका इन्चार्ज पृथ्वी बहादुर बुढाले बताए ।
पातरासी–२ तल्फि गाउँका ६ जना किसानका भेडा मरेक हुन । चट्याङमा परी पातरासि गाँउपालिका वडा २ का तल्फिाका वडा अध्यक्ष बल वहादुर वोहोराका अनुसार ९ वटा, चन्द्रलाल वोहोराका ६ वटा, जोगिलाल वोहोराका २४ वटा, मान वहादुर वोहोराका ६ वटा, लाल वहादुर वोहराको ७ वटा, हिरालाल वोहोरा ४ वटा भेडा मरेको उनले बताए ।
घटनाको थप विवरण आउन बाँकी छ । प्रहरी चौकी तल्फीको टोलि घटना स्थल तर्फ गई रहेको छ । त्यहाँ मोबाइल नेटवर्कले काम नगर्ने भएको हुँदा पुगेर फर्केपछि मात्रै जानकारी हुनेछ । यो पाटन पातरासि गाँउपालिकाका किसान् भेडा पालन गर्ने ठाँउ हो ।






