जुम्ला सहित कर्णालीमा हिमपात शुरु

जुम्ला सहित कर्णालीका हिमाली जिल्लामा हिमपात शुरु भएको छ। बुधबार राति साढे तीन बजेदेखि हिमपात शुरु भएको हो।जुम्लामा भने यो वर्षको पहिलो हिमपात सुरु भएको छ । बुधबार साँझ एक्कासि बादल लागेर रातिदेखि हिउँ पर्न थालेको हो । हिमपात भएपछि चिसो अत्यधिक बढेको छ।हिउँ पर्दा किसानहरू खुसी छन् ।
भर्खर स्याउ बगैंचा व्यवस्थापन गरेका चन्दननाथ-४ देवीप्रसाद सिम्खाडाले अब बगैंचा सप्रने आशा पलाएको बताए ।हिउँ नपर्दा पातारासी, काञ्जिरोवा, भुरीचुला, चिमारामालिका लगायतका हिमालहरू कालापत्थर बनेका थिए ।
हिउँदेबाली सुकेर सोत्तर भएको थिए ।स्थानीय भक्तबहादुर बुढाले उच्च क्षेत्रमा आधा फिट र तल्लो भागमा पाँच इन्चसम्म हिउँ परेको बताए । हिमाली जिल्ला जुम्ला,मुगु,डाेल्पा,हुम्ला कालिकोट हिउँ पर्न शुरु गरेको हो ।







