गुर्भाकोटमा राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता हुदै 

दिलिप ढकाल

सुर्खेत , २७ माघ ।

गुर्भाकोट नगरपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माघ २४ गतेबाट सूरु हुने भएको छ । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता छनौटका खेलहरु माघ २४ र २५ गते हुने भएका हुन्।

माघ २४ गतेबाट श्री सुर्य ज्योति मावि मेहेलकुनामा छनोट खेलहरु सञ्चालन गर्ने निर्णय भएको गुर्भाकोट नगरपालिका शिक्षा अधिकृत पदम बहादुर बिकले जानकारी दिए ।

माघ १२ गते गते बसेको प्रअ हरुको बैठक तथा स्थानिय तह रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता ब्यबस्थापन तथा निर्देशन समितिको माघ १५ गतेको निर्णय अनुसार गुर्भाकोट नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता संचालन हुन लागेको हो।

प्रतियोगितामा भलिबल,कबड्डी,एथलेटिक्स,लगाएतका खेलहरु हुने छन्। माघ २२ गते कार्यालय समय भित्र गुर्भाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा सहभागी दर्ताको लागि आबेदन आईपुग्नु पर्ने छ। गुर्भाकोट नगरपालिका शिक्षा शाखाको समन्वयमा नगरपालिका भित्रका विद्यालयहरुको सहभागीतामा खेलहरु संचालन हुने भएका छन्।

गुर्भाकोटमा राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता हुदै 

कर्णालीमा ट्राफिक ‘अपर्याप्त’

गुर्भाकोटमा राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता हुदै 

भालुको पित्त सहित एक जना पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *