पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान शुरु

पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान शुरु भएको छ । भैरवी गाउँपालिका–१, जलजलेमा रुख कटान शुरु भएसँगै चिनियाँ प्राविधिक टोलीले अन्य काम पनि शुरु गरेको छ ।

प्रभावित क्षेत्रमा रुख कटानसँगै चिनियाँ प्राविधिक टोलीको क्याम्प निर्माणलगायतका अन्य काम अघि बढाएको खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण प्रर्वद्धन आयोजना प्रमुख दिनेशकुमार नापितले बताए ।

विभाग र सडक डिभिजन कार्यालय सुर्खेतले डिलिङका लागि आवश्यक उपकरण ल्याउन सुर्खेतदेखि दैलेखको साँघेतडासम्मको कर्णाली राजमार्गका मोड मिलाउने सहमति अनुसार काम अघि बढेको उनको भनाइ छ ।

आयोजना प्रमुख नापितका अनुसार पेट्रोलियम पदार्थ उत्खनन्का गर्न कर्णाली राजमार्गबाट सहज भए माघबाट दैलेखमा पेट्रोलियम पदार्थ डिलिङको अर्को चरणको काम शुरु हुनेछ । दैलेखको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषण २०७६ साल असोजदेखि शुरु गरिएको थियो ।

पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले यसअघि नै सम्पन्न गरिसकेको छ । सरकारले यसअघि भैरवी गाउँपालिका–१ जलजलेमा जग्गा अधिग्रहणको काम गरिसकेको छ ।

यसअघि नेपाल सरकारसँगको सम्झौताअनुसार चीनको प्राविधिक टोलीले पहिलो चरण अन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भे गरिएको छ । दैलेखमा सदिऔँदेखि ज्वाला बल्दै आएका श्रीस्थान, नाभीस्थान, पादुका, तल्लो डुंगे श्वरलगायतका क्षेत्रलाई आधार बनाएर चीनको पेट्रोलियम पदार्थ तथा अन्वेषण टोलीले पहिलो चरणको काम गरेको थियो ।

पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान शुरु

जुम्ला सहित चार उच्च अदालतमा श्रव्यदृश्यको माध्यमबाट

पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान शुरु

क्षतिपूर्ति सहितको अधिकार आवश्यक : मुख्यमन्त्री शर्मा