भूकम्प प्रभावितलाई सहयोगार्थ सांगीतिक साँझ हुँदै


जाजरकोट भुकम्पबाट प्रभावित क्षेत्रका महिलाहरुको सहयोगार्थ सुर्खेतमा सांगीतिक साँझ हुने भएको छ । शुक्रबार आयोजित सांगीतिक साँझ कार्यक्रमको श्री ज्योती फाउन्डेसनले आयोजना गरेको हो । यसमा एनआरएनए मुख्य प्रायोजक र नेपाल टेलिकम प्रायोजक रहेको छ ।

कलाकार शिशिर योगी, राज सिग्देल, तिलक सिंह पेला लगायतका अन्य कलाकारले प्रस्तुति गर्ने आयोजकले जनाएको छ । सांगीतिक साझमा दर्शकका लागि एक हजार र दुई हजार रुपैयाँको टिकट वितरण गरिएको छ ।

भूकम्प प्रभावित महिला र बालबालिकाको पुनस्थापना र गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको फाउण्डेशनका अध्यक्ष ज्योती कटुवालले बताईन् ।

कार्यक्रम मार्फत कम्तीमा लक्ष्य १५ लाख सहयोग रकम जुट्ने अनुमान गरिएको छ । यसमध्ये आन्तरिक खर्च कम्तीमा पाँच लाख रुपैयाँ अनुमान गरिएको अध्यक्ष कटुवालले जानकारी दिइन् ।

उनले श्रीज्योती फाउन्डेशनले आफ्नो तर्फबाट गर्ने सहयोग बारे कार्यक्रम पश्चात जानकारी गराइने बताईन् ।

भूकम्प प्रभावितलाई सहयोगार्थ सांगीतिक साँझ हुँदै

चोरेर पो खान हुँदैन, सीप गरेर खान

भूकम्प प्रभावितलाई सहयोगार्थ सांगीतिक साँझ हुँदै

जुम्ला सहित चार उच्च अदालतमा श्रव्यदृश्यको माध्यमबाट