मुगु सामूहिक हत्या प्रकरणः एक जना प्रहरीको नियन्त्रणमा

मुगुस्थित छायाँनाथ रारा नगरपालिका वडा नं – ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि प्रहरीले एक जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो अन्दाजी १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थित बिच बजारको (नगरपालिका जाने बाटो) बाट प्रहरीले शंकास्पत ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार प्रहरीले नियन्त्रणमा लिएका ती व्यक्तिबारे विस्तृत सूचना भने गोप्य राखेको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले हत्यारा अनुसन्धानका लागि घटना स्थलमा ११ गते नै कर्णाली प्रदेश कार्यालयको समन्वयमा घटनाको सूक्ष्म अनुसन्धानका लागि जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली मुन्दु पुगेर अनुसन्धान गरिरहेको छ । आइतबार बिहान हत्यारा नजिक प्रहरी पुगिसकेको  उनले बताए ।

प्रहरी प्रमुख थापाले भने ‘शंकास्पत र अनुसन्धानले नजिक पु¥याएको छ एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको साँचो हो, यकिन र विस्तृत घटनाबारे थप अनुसन्धानपछि सबै कुरा सार्वजनिक गरिने छ ।’

यसै बिच कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकाल आइतबार मुगु पुगेका छन् । अनुसन्धानमा भएका प्रगति बुझ्न र अनुसन्धानलाई थप सहयोग गर्न ढकाल मुगु पुगेका हुन् । प्रदेश प्रहरी प्रमुख ढकाललाई प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले घटनास्थलको स्थलगत भ्रमणमा सघाइरहेका छन् प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।

घटना स्थलमा शनिवार नै विशेष टोली जुम्ला र कोहलपुरबाट तालिमप्राप्त कुकुरसहितको प्रहरीको अनुसन्धान टोली मुगुको मुन्दु गाउँमा पुगेको थियो ।

मुगु सामूहिक हत्या प्रकरणः एक जना प्रहरीको नियन्त्रणमा

लापरबाहीका कारण एक वर्षमै उप्कियो कालोपत्रे

मुगु सामूहिक हत्या प्रकरणः एक जना प्रहरीको नियन्त्रणमा

सुर्खेत विमानस्थलमा रातिको समयमा समेत उडान भर्न

This will close in 0 seconds