कर्तव्य ज्यान सम्बन्धी कसूरमा फरार दुई अभियुक्त पक्राउ

सुर्खेत । कालिकोटमा कर्तव्य जान सम्बन्धि मुद्दामा फरार दुई अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् । जिल्लाको नरहरीनाथ गाउँपालिका-२ कोटबाडाका ५६ वर्षिय विष्णु दमाई र वर्ष ४७ का रुद्र दमाई शनिवार पक्राउ परेका हुन् ।


उनीहरुले २०७५ बैशाख ३१ गते साविक कोटबाडा गाविस वडा नं. ८ हाल नरहरीनाथ गाँउपालिका वडा नं. २ बस्ने सुरत लोहार घरबाट सोही ठाउँका बिष्णु दमाईको घरमा राँगाको मासु लिन गएका लोहारको हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोही मुद्दामा २०७७ बैशाख २९ गते मृतकका बुवा तुले लोहारले आफ्नो सोही ठाउँका बिष्णु दमाई, तेज बहादुर दर्जी र रुद्र दर्जीका नामा किटानी जाहेरी दर्ता गराएका थिए । २०७७ चैत १२ मा मुद्दा जिल्ला अदालत कालिकोटले उनीहरुको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । अभियुक्त मध्येका तेजबहादुर दर्जी फरार छन् । उनीहलाई जिल्ला प्रहरी कार्यालय कालिकोटमा थप अनुसन्धानको लागि राखिएको छ ।

कर्तव्य ज्यान सम्बन्धी  कसूरमा फरार दुई अभियुक्त पक्राउ

स्थानीय तहमा मनपरी कहिले रोकिने ?

कर्तव्य ज्यान सम्बन्धी  कसूरमा फरार दुई अभियुक्त पक्राउ

जाजरकोट र जुम्लामा सचेतनामुलक कार्यक्रम

Leave a comment

Your email address will not be published. Required fields are marked *