राजनीतिक कोर्ष परिवर्तनमा पार्टीको भूमिका महत्वपूर्ण छः अध्यक्ष नेपाल


नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीतिको कोर्ष परिवर्तनमा पार्टीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

कर्णाली प्रदेश राजधानी सुर्खेतमा पार्टीको प्रचार विभाले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् । उनले एकीकृत समाजवादी पार्टी सकिन्छ भन्ने भ्रम नपाल्न आग्रह गरे ।

अध्यक्ष नेपालले भने, ‘राजनीति कोर्ष परिवर्तनमा हाम्रो पार्टीको ठूलो भूमिका छ । पटिल्लो समय हाम्रो पार्टीका विरुद्ध केही भ्रम फैलाइरहेको पाइन्छ ।

हाम्रो पार्टी सकिन्छ, पार्टी बन्दैन जस्ता निराशा पोख्ने काम भइरहेका छन् । आखिरमा सत्य यो होइन । पार्टी बनिसक्यो । पार्टी विरोधिले भने जस्तै गरी सकिदैन । पार्टीमा आयराम र गयाराम भइरहन्छ । एकीकृत समाजवादी पार्टी सकिन्छ भन्ने कसैले भ्रम कसैले नपाले हुन्छ ।’

समाजवादी पार्टी छोड्ने भन्दा आउने मान्छेहरू धेरै रहेको अध्यक्ष नेपालको दाबी छ । अध्यक्ष नेपालले विचार मिल्ने पार्टीसँग एकताको ढोका खुलै रहेकोसमेत स्पष्ट पारे ।

राजनीतिक कोर्ष परिवर्तनमा पार्टीको भूमिका महत्वपूर्ण छः अध्यक्ष नेपाल

लैंगिक हिंसा विरुद्ध छत्रेश्वरीमा महिलाहरुले सिके प्याड

राजनीतिक कोर्ष परिवर्तनमा पार्टीको भूमिका महत्वपूर्ण छः अध्यक्ष नेपाल

एक करोड ८० लाख बढीको मौरी नष्ट