हुम्लाका उच्च क्षेत्रमा हिमपात शुरु


उत्तरी हुम्लाको उच्च क्षेत्रमा हिमपात शुुरु भएको छ । सोमवारबाट मौसममा बदली रहेको भएपनि मंगलवार बिहानबाट उच्च भेगमा हिमपात भएको हो ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी ( बिओपी ) हिल्साका सशस्त्र प्रहरी निरीक्षक पप्पु यादवले अग्ला लेकमा बिहानैबाट हिमपात भएको बताए । उनले हिल्सा क्षेत्रमा पनि हिमपात भएको भएपनि जम्मा शुरु नभएको र उच्च क्षेत्रमा भने हिउँ जम्न थालेको बताए ।
हिमपात भएपछि नारा क्षेत्र सेताम्मे देखिन थालेको छ । हिमपातले चिसो बढेपछि हिल्सामा तापक्रम माइनस पाँच डिग्री सेल्सियमा भरेको छ । त्यसै न्यानु क्षेत्रमा पनि हिमपात भइरहेको छ । घाम नलागेको कारण सिमकोटमा पनि चिसो बढेको छ । सिमकोट कै उच्च क्षेत्रमा समेत हिमपात भइरहेको छ ।






