कर्णाली प्रदेशसभाका विषयगत समितिले पाए पूणर्ता

सुर्खेत । लामो समयपछि कर्णाली प्रदेशसभाका विषयगत समितिले पूणर्ता पाएका छन् । आईतवार दलहरुको सिफारिसमा सभामुख नन्दा गुरुङले विषयगत समितिलाई पूणर्ता दिएकी हुन् । प्रदेशसभामा चार वटा विषयगत समितिहरु रहेका छन् । जसअनुसार सार्वजनिक लेखा समितिको सभापतिमा जितबहादुर मल्ल चयन भएका छन् ।

लेखा समितिको सदस्यहरुमा जीवनबहादुर शाही, तुलसा मल्ल, देवेन्द्रबहादुर शाही, लक्ष्मी सुनार विन्दमान र सन्तोषी शाही विष्ट छन् ।
यस्तै प्रदेश मामिला समितिको सभापतिमा कल्याणी खड्का चयन हुँदा सदस्यहरुमा जानकी सिंह, टेकराज पछाई, दक्षिणा शाही, पूणर्बहादुर खत्री, महेन्द्र केसी, रणसिंह परियार र सुरेश अधिकारी चयन भएका छन् ।

सामाजिक विकास समितिको सभापतिमा घनश्याम भण्डारी र सदस्यहरुमा कलबहादुर हमाल, गोमत विक, ईन्द्राकुमारी शाही, जुमकित लामा कार्की, मिलन खड्का रोका, यामलाल कँडेल र राजीव विक्रम शाह छन् । अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा दुर्गाबहादुर रावत चयन भएका छन् । यस्तै सदस्यहरुमा बलिमाया बुढा, विजय बुढा, बिरबहादुर शाही, विनोदकुमार शाह, शेरबहादुर बुढा र हिक्मतबहादुर विष्ट छन् । नवनिर्वार्चित सभापतिहरुको पद तथा गोपनियताको सपथसमेत भई सकेको छ ।

कर्णाली प्रदेशसभाका विषयगत समितिले पाए पूणर्ता

YUGAAWHAN NATIONAL DAILY (2080-02-14)

Leave a comment

Your email address will not be published. Required fields are marked *