मालिका र कालिका निर्माण व्यवसायीको इजाजतपत्र खारेज

सुर्खेत। संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कर्णालीमा सञ्चालनमा रहेका तीनवटा निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । खारेज भएका कर्णालीका व्यवसायहरुमा सबै ‘ग’ वर्गका निर्माण व्यवसायहरु रहेका छन् । मन्त्रालयद्धारा इजाजत पत्र खारेज हुनेहरुमा मालिका निर्माण सेवा, कालिका निर्माण सेवा र विश्व निर्माण सेवा प्रालि रहेका छन् ।

बिहिवार एक सूचना जारी गर्दै मन्त्रालयले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम चालु आर्थिक वर्ष २०७९/०८० का लागि ०७९ चैत्र मसान्तसम्म निर्माण व्यवसाय इजाजतपत्र नविकरण नगरेकोले सोही ऐनको दफा ७ को उपदफा ३ बमोजिम निर्माण व्यवसाय इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ ।

उद्योग विभाग काठमाडौंमा दर्ता भएको मालिका निर्माण सेवा दैलेखबाट कणर्बहादुर शाहीको नाउँबाट सञ्चालनमा थियो । यसैगरी वीरेन्द्रनगर नगरपालिकामा दर्ता रहेको कालिका निर्माण सेवा सुर्खेतबाट विष्णु पौडेलले सञ्चालन गरेका थिए । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सुर्खेतबाट सञ्चालन भएको विश्व निर्माण सेवा प्रालिमा किरणकिशोर पन्त, दिलबहादुर खत्री र नेत्रबहादुर कार्की सञ्चालक रहेको मन्त्रालयले जनाएको छ ।
यि तीनवटा निर्माण व्यवसायसहित मन्त्रालयले इजाजतपत्र नविकरण नगरेको भन्दै देशभरबाट ३३ वटा निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज भएको जनाएको छ ।

मालिका र कालिका निर्माण व्यवसायीको इजाजतपत्र खारेज

कर्मठ स्वास्थ्यकर्मीसँग अकल्पित घटना

Leave a comment

Your email address will not be published. Required fields are marked *