मानवअधिकार रक्षक प्रादेशिक सम्मेलनबाट १३ बुँदे घोषणापत्र जारी

सुर्खेत । कर्णाली प्रदेस्तरीय मानव अधिकार रक्षक सम्मेलन सम्पन्न भएको छ । वीरेन्द्रनगरमा शुक्रवारदेखि चलेको सम्मेलनले शनिवार १३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । जारी घोषणापत्रमा मानव अधिकार र सामाजिक न्यायका लागि लोकतान्त्रिक गणतन्त्र स्थापनामा अहम् भूमिका निर्वाह गरेका मानव अधिकार रक्षकहरुको आफ्नै संरक्षण र सुरक्षामा राज्य संवेदनशील हुनुपर्ने उल्लेख गरिएको छ ।

विगत, वर्तमान र भबिष्यमा समेत मानव अधिकार रक्षकहरुलाई पर्न सक्ने चुनौती तथा असुरक्षाको अन्त्यको लागि राज्य जवाफदेही हुनुपर्ने घोषणापत्रमा माग गरिएको छ । मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धी तीनै तहका सरकारलाई कानुन निर्माण गर्न घोषणापत्रमा माग गरिएको छ । यस्तै, मानव अधिकार संरक्षण एवं प्रर्वद्धनका लागि भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनहरुलाई कार्यान्वयन, प्रदेश स्तरमा विद्यमान वर्गीय, धार्मिक, सामाजिक, सांस्कृतिक र लैङ्गिक विभेद तथा असमानता अन्त्य गर्न र उपेक्षित, उत्पीडित तथा लक्षित वर्गका नागरिकहरुलाई मानव अधिकारको प्रत्याभूती गराउन ठोस पहलकदमी चाल्न पर्नेमा जोड दिइएको छ ।

जोखिममा काम गरिरहेका मानव अधिकार रक्षकहरुको सुरक्षा तथा पहिचान गर्नका निमित्त खोज, उद्धार साथै मानव अधिकार रक्षकहरुको स्वास्थ्य बीमाका लागि आवश्यक कदम चाल्नुपर्ने, मानव अधिकार रक्षक सम्बन्धी आदेशको प्रभावकारी कार्यान्वयन, पीडितहरुलाई न्यायिक पहुँचमा ल्याउन र मानव अधिकारको प्रत्याभूती दिलाउन खेलेको भूमिकाको उच्च कदर गर्दै उनीहरुको संरक्षण, सुरक्षा तथा प्रोत्साहन गरिनु पर्ने, यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्ने मानव अधिकार रक्षकहरुलाई मानव अधिकारको सुरक्षासहित भय रहित वातावरण निर्माण जातीय भेदभाव तथा छुवाछूत अन्त्यको कानुन प्रभावकारी रुपमा कार्यान्वयन, महिला, बालबालिका, जेष्ठ नागरिक, लोपोन्मूख समुदाय, दलित, आदिवासी जनजाति,मूस्लिम तथा पछाडि पारिएका वर्ग समुदायका अधिकारका लागि कार्यरत मानव अधिकार रक्षक सुरक्षाको प्रत्याभूती गराउन घोषणामा माग गरिएको छ ।

मानवअधिकार रक्षक प्रादेशिक सम्मेलनबाट १३ बुँदे घोषणापत्र जारी

यो व्यवस्थाप्रति नै जनतामा वितृष्णा बढ्न थाल्यो

मानवअधिकार रक्षक प्रादेशिक सम्मेलनबाट १३ बुँदे घोषणापत्र जारी

राजा र पञ्चहरुलाई पनि सम्पत्ति शुद्धिकरणको दायरामा

Leave a comment

Your email address will not be published. Required fields are marked *