कृषि उपजहरूको आयात निर्यातको तथ्याङ्क लिँदै कर्णाली प्रदेश


कर्णाली प्रदेश सरकारले प्रदेश भित्र कृषि उपजहरूको आयात निर्यातको तथ्याङ्क सङ्कलन लिन थालेको छ । प्रदेशका प्रमुख दुई नाका कपुरकोट सल्यान र बबई सुर्खेतबाट कृषि उपजहरूको तथ्याङ्क लिने कार्य सुरु गरेको हो ।

कर्णाली प्रदेश भित्र उत्पादित र बाह्रय क्षेत्रबाट कृषि उपजहरूको यर्थाथ तथ्याङ्क नहुँदा बजार व्यवस्थापन र गुणस्तर नियन्त्रणमा कठिनाइ भएको भन्दै दुई नाकाबाट कर्मचारी खटाई तथ्याङ्क लिने व्यवस्था गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नरहरि प्रसाद घिमिरेले जानकारी दिए ।

मंसिर ७ गते देखिनै २४ घण्टा नाकाहरूबाट प्रदेश आवत जावत गर्ने यातायातका साधनहरूलाई सुरक्षा निकायसँगको समन्वयमा कृषि उपजहरूको विवरण सोधखोज गरी तथ्याङ्क लिने उनको भनाई छ ।

प्रदेश भित्र र बाह्रय क्षेत्रबाट आउने कृषि उपजहरूको यकिन तथ्याङ्क नहुँदा समस्या भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले बताए । कर्णाली प्रदेशभर एक वर्षमा के कति कृषि उपज खपत हुन्छ र आयात निर्यात हुन्छ भनेर वास्तविक तथ्याङ्क निकाल्ने प्रयास गरिएको उनको भनाई छ ।

यस प्रकारको तथ्याङ्कले मन्त्रालय र मातहतका निकायले विश्लेषण गर्दै बजार व्यवस्थापन र गुणस्तर प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिएको उनको भनाई छ । मन्त्रालयलाई कृषि क्षेत्रको विकासमा भावी नीति तथा कार्यक्रम तय गर्न महत्वपूर्ण सहयोग हुने समेत विश्वास लिएको मन्त्री शर्माले बताए ।

कृषि उपजहरूको आयात निर्यातको तथ्याङ्क लिँदै कर्णाली प्रदेश

लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु

कृषि उपजहरूको आयात निर्यातको तथ्याङ्क लिँदै कर्णाली प्रदेश

लागू औषध नियन्त्रणका लागि कर्णालीमा ‘लालटिन’ अभियान