उजाडिएको वन संरक्षण पछि फेरियो स्वरूप


छायाँनाथ रारा नगरपालिका गमगढी बजारदेखि उत्तर–दक्षिणमा अवस्थित श्रीनगरको गयल्देब भदाली पारिवन र भामवाडाको पारिवन उजाडिएको केही वर्ष पछि पुनः हराभरा भएका छन् ।

स्थानीयले चरिचरण, आगलागीका साथै दाउरा, लगायत अन्य प्रयोजनका लागि जथाभाबी वन विनाश गर्दै जाँदा हरियाली जङ्गल नाङ्गो पाखामा परिणत भएका थिए । हरियो वन केही वर्षमै पाखोमा परिणत भएपछि भामवाडा र श्रीनगरका स्थानीय बासीलाई दाउरा, घाँस र सोतरको समस्या हुन थाले पछि दुवै गाउँका स्थानयि बासीहरू केही वर्ष अघि देखि वन संरक्षणमा जुटेपछि उजाडिएर पाखामा परिणत भएका वनहरू पुनः हराभरा भएका हुन् ।

विशेष गरि श्रीनगरमा, स्वर्गीय नन्दादेबी शाही, लोकजङ् मल्ल,टुटेनेपाली भामवाडामा , बिगत केही वर्ष अघि वर्तमान नगर प्रमुख बिष्णु कुमार भामको नेतृत्वमा केही युवा तथा महिलाहरूको सक्रियतामा वनमा हुने आगलागी, काठ दाउरा चोरी, खुल्ला चरिचरण नियन्त्रणमा जुटेपछि पुनः साना सल्ला बाँझ, गुराँस, अँयार, रैस, लगायतका अन्य घाँस पलाउन थाले पछि उजाडिएको वन ,पाखा पुन हराभरा भएका हुन् ।

वनबाट कसैले पशु चौपाया खुल्ला चरिचरण, घाँस दाउराका साथै गैरकाष्ट वन पैदावर मासेर क्षति पुर्यायको खण्डमा आवश्यक जरिवानाका साथै कानुनी कार्वाही गर्न थाले पछि मात्र वन संरक्षण भएको गयल्देवभदाली पारिवनका अध्यक्ष लोकजङ्ग मल्लले बताए ।

अहिले भामवाडा र श्रीनगरका दुवै वनमा स्थानीयबासीहरूलाई आवश्यक पर्ने दाउराहरूको लागि तीन महिनाको एक पटक आवश्यक दस्तुरको पुर्जीलिई केही दिनका लागि वन खुल्ला गर्ने गरेका छौ अध्यक्ष मल्लले बताए । स्थानीयको जन्म, मृत्युमा, विवाह, घर बनाउन चाहिने सोतर आदिको लागि आवश्यकता अनुसार तोकिएको शुल्क लिई एक दिने पुर्जीको अनुमति दिने व्यवस्था मिलाइएको पनि अध्यक्ष मल्लले बताए । पहिला जथाभाबी वन नोक्सानी गरेपनि अहिले वन संरक्षणको काम एकदमै व्यवस्थित भएको छ ।

सबै जनता जुटेर वनमा हरियाली छायपछि स्थानीय बासिन्दाहरू खुसी देखिएका छन् । वनमा पाईने कालिज, लगायत अन्य चराचुरिङ्गिहरूको पनि बाक्लो उपस्थिति देखिन थालेको छ ।

पहिला एक्लै जता घुमे पनि कुनै डर त्रास नलाग्ने वनमा हाल एक्लै जान डर, त्रास लाग्ने स्थानीय बासिन्दा बताउँछन् ।
हाल जिल्ला वन कार्यालयको तथ्याङ्क अनुसार श्रीनगरको गयल्देव,भदाली पारिवनको तीन सय १२ दशमलव २८ हेक्टर क्षेत्रफल रहेको छ, भने भामवाडा पारिवनको तथ्याङ्क नभेटिएकाले अन्दाजी पाँच सय हेक्टर क्षेत्रफल हुन सक्ने अनुमान गरिएको छ । मुगु जिल्लामा अहिले ९३ वटा सामुदायिक वन रहेका छन् ।

उजाडिएको वन संरक्षण पछि फेरियो स्वरूप

टहरा बनाउँदै विभिन्न पार्टीका कार्यकर्ता

उजाडिएको वन संरक्षण पछि फेरियो स्वरूप

सामन्तवादी सोच कृषि क्षेत्रमा हावी हुँदै गईरहेको