मेलामा युवाहरुबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

जाजरकोटको कुशे गाउँपालिकामा लागेको स्थानीय मेलामा युवाहरुबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कुशे गाउँपालिका–२ का जनक शाही रहेको प्रहरीले जनाएको छ ।
कुशे गाउँपालिका–२ को धौलाइमा लागेको स्थानीय मेलामा विवाद हुँदा युवाहरुको समूहबीच कुटाकुट भएको थियो । तीन जनाको समूहमा रहेका युवाहरुले शाहीलाई कुटपिट गरेका थिए ।
कुटपिटबाट शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






