कर्णाली करिडोरको विकास सरकारको प्रथामिकतामा छ: मन्त्री ज्वाला

नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले कर्णालीको आर्थिक समृद्धिको मेरुदण्ड कर्णाली करिडोरको विकास सरकारको प्रथामिकतामा रहेको बताए ।
कर्णाली करिडोरको खुलालुदेखी सल्लीसल्ला सडक अनुगमन तथा आयोजना कार्यालय उद्घाटन गर्न हुम्ला पुगेका मन्त्री ज्वालाले कर्णालीको समृद्धका लागि करिडोर छिटो बन्नुपर्नेमा जोड दिए ।
मन्त्री ज्वालाले शुक्रबार बाजुराको कोल्टीमा करिडोरको दक्षिण खण्डको काम गर्ने आयोजना कार्यालय र हुम्लाको सल्लीसल्लामा निर्माण सम्पन्न भएको मोटरेबल बेलिब्रिजको उद्घाटन गरेका हुन् ।
मन्त्री प्रकाश ज्वालाले यसै वर्ष भित्र हुम्लाको सिमिकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोडिने बताए ।
कर्णाली करिडोरको विकास तथा कर्णाली प्रदेशको समृद्धिका लागि प्रधानमन्त्री समेत सकारात्मक रहेकोले थप बजेट व्यवस्थापन, अप्ठ्यारो ठाउँमा सेनालाई खटाउन र करिडोर निर्माणमा देखिएका सबै खाले समस्या समाधानका लागि निरन्तर पहल गरी यसै आर्थिक वर्षभित्र हुम्लाको सिमिकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोडिने मन्त्री ज्वालाले बताए ।





