सरकारी कार्यालयमा दोभासे राख्न माग
बहिरा अपांगता भएका व्यक्तिहरुले स्थानीय तहमा दोभासे राख्न माग गरेका छन् । जुम्ला बहिरा संघको आयोजनामा जुम्लामा सञ्चालित तेस्रो साधारणसभामा उनिहरुले सांकेतिक भाषा सरकारी कार्यालयमा सहज कठिन भएको बताएका छन् ।
बहिरा महासंघ कर्णालीका अध्यक्ष नम्रता भारतीले सरकारले सरकारी कार्यालयमा दोभासे राख्ने निति भएकाले चन्दननाथ नगरपालिकाले शुरु गर्न अनुरोध गरिन् । उनले सरकारी कार्यालयमा दोभासे नहुदा परेका कठिनाईका बिषयमा स्थानीय सरकार गम्भिर हुनुपर्ने बताइन् । राष्टिय अपाङग महासंघ नेपालका केन्द्रीय सदस्य रामकृष्ण न्यौपानेले अस्पताल, अदालत, प्रशासनमा समेत दोभासे नहुदा समस्या भएको बताए ।
उनले भने, ‘भौतिक संरचना समेत अपांगता मैत्री नहुदा सहभागितामा कठिनाई भएको छ ।’ कर्णाली माविका दोभासे शिक्षक देवेन्द्र तिमिल्सिनाले सवै कार्यालयमा दोभासे राख्न अपिल गरे । पहिले बहिराहरुको शिक्षाको विषयमा चिन्ता लाग्थ्यो अहिले पढेर वेरोजगारी बढेको बताउँछन् ।
चन्दननाथ नगरपालिकाका नगरउपप्रमुख रामदेवी खड्काले आगामी निति कार्यक्रममा दोभासेको विषयमा चन्दननाथ नगरपालिकाले योजना बनाईने प्रतिवद्धता जनाइन् ।
यस बर्ष भने बहिराहरुलाई शिप विकास तालिममा जोड दिईने दाबी गरिन् । अपांगता क्षेत्रमा आगामी दिनमा के गर्ने समन्वय सहकार्य बढाउने बताइन् ।
यसैगरी जुम्ला वहिरा संघको साधारणसभाले हिक्मत बुढाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष सानुमाया विष्ट, महासचिव लंका कुमारी शाही, कोषाध्यक्ष टेकराज खत्री सहित तितु कामी, वलवहादुर थापा र राजबहादुर थापा सहित सात सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ । बहिरा अपांगता भएका व्यक्तिहरुको अधिकारको लागि प्रथामिकता दिईने नवनिर्वाचित अध्यक्ष हिक्मत बुढाले बताए ।





