मेघगर्जनसहित वर्षाकाे सम्भावना छ

काठमाडाै‌ । नेपालमा हाल पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कार्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ । देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

आज राति लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् ।

मेघगर्जनसहित वर्षाकाे सम्भावना छ

YUGAAWHAN NATIONAL DAILY (2080-01-11)

मेघगर्जनसहित वर्षाकाे सम्भावना छ

सुर्खेतका सामुदायिक विद्यालयमा खस्कदाे शैक्षिक गुणस्तर

Leave a comment

Your email address will not be published. Required fields are marked *