२४ हजार नगदसहित ५ जुवाडे पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट ५ जना जुवाडे पक्राउ परेका छन् । नगर प्रहरी कार्यालय वीरेन्द्रनगरले ५ जना जुवाडेहरु पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर-५ का ४३ वर्षिय धुर्ब पुरी, सोही ठाउँका ५३ वर्षिय प्रकाश गुरुङ, ५७ वर्षिय तप बहादुर राना, वीरेन्द्रनगर-६ का ४६ वर्षिय खड्क बहादुर रावत र दैलेखको दुल्लु नगरपालिका-११ का ४६ वर्षिया अमर भण्डारी छन् ।
जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट २४ हजार २ सय ८५ रुपैयाँ नगदसहित र ३ गड्डी तास समेत प्रहरीले नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगरनगर ६ को किशोर कुमार केसीको घरमा जुवा तास खेलीरहेको गोप्य सुचनाको आधारमा नगर प्रहरी कार्यालयबाट खटिएको टोलिले उनीहरुलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






