दाउरा ल्याउने क्रममा ढुंगा लागेर एक महिलाको मृत्यु

दाउरा लिन जादा ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार कालिकोट जिल्ला तिला गुफा नगरपालिका–७ राचुल्ली घर भएकी २२ वर्षिय कमला (विक)कामीको ढुंगा लागेर घाईते भई ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्दका अनुसार गाउँबाट केही टाढा दाउरा लिन हिडिरहेको समयमा माथीबाट ढुगा आई टाउकोमा लागेर गम्भिर घाईते भएकी र उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारको क्रममा मृत्यु भएको छ ।
चन्दका अनुसार कर्णाली प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको र पोष्ट मार्टम गरि दाहसंस्कारका लागि घर लिईएको छ ।
कालिकोट तिला गुफा नगरपालिका राचुल्लीमा विवाह गरेकी ति महिलाको जुम्लाको हिमा गाउँपालिका –१ बड्की गाउँ माईति घर हो । स्थानीय हरिस विकका अनुसार मृत कमलाको श्रीमान र २ वर्षको एक छोरा रहेका छन् ।






