सल्यानमा आगलागी हुँदा ५ लाख बराबरको क्षति

सल्यान । सल्यानको एक घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ। जिल्लाको कपुरकोट गाउँपालिका-३ का काले विकको एकतले फुसले छाएको घरमा सोमबार बिहान आगलागी भएको थियो। घरमा एक्कासी विद्युतको तार सर्ट भई घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

स्थानीयको सहयोगमा घरमा लागेको आगो एक घण्टापछि नियन्त्रणमा आएको थियो। आगो नियन्त्रण आए पनि घरभित्र रहेका अन्नपात, लत्ताकपडालगायत सामाग्री पूर्ण रुपमा जल्दा ५ लाख रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए। आगलागीपीडित अहिले आफन्तकहाँ शरण लिएरमा बसिरहेका छन्।

सल्यानमा आगलागी हुँदा ५ लाख बराबरको क्षति

कर्णालीमा किन संधै विद्युत अनियमित ?

सल्यानमा आगलागी हुँदा ५ लाख बराबरको क्षति

बजेट अभावले कर्णाली प्राविधिक शिक्षालयका भवन जिर्ण

Leave a comment

Your email address will not be published. Required fields are marked *