ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु


रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य नौ जना घाइते भएका छन ।
आठबिसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै रा १ द १४ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । दुर्घटनामा परी आठबिसकोट–१० नाउलाका ४६ वर्षिय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षिया चुकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए ।
यसैगरी आठबीसकोट–१० डाँडा भन्ने स्थानका ४८ वर्षिय धनराम सार्की, ५२ वर्षिय भद्र सार्की र ४७ वर्षिय निर्मला सार्कीको पनि मृत्यु भएको छ । दुर्घटनामा अन्य नौं जना घाइते भएका छन् । घाइते हुनेमा आठबिसकोट–८ का ४१ वर्षिय खड्कबहादुर पुन, आठबिसकोट–१० का ३८ वर्षिय रमेश सार्की, आठबिसकोट– ८ का १४ वर्षिय दलबहादुर पुन, ५६ वर्षिय कुमार घर्ती, ३४ वर्षिय रमा गुरुङ, ५१ वर्षिय जगवीर सार्की, ३६ वर्षिय जयबहादुर घर्ती, ५८ वर्षिय मने सार्की, ४२ वर्षिय मदन पुन छन् ।
घाइतेहरुको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक आठबिसकोट–९ का २१ वर्षिय गोपाल विक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






