हावाहुरीले हुम्लाको हवाई सेवा अवरुद्ध


हुम्ला सिमकोट विमानस्थलमा हवाई सेवा अवरुद्ध भएको छ । मंगलवार बिहानैबाट चलेको हावाहुरीका कारण हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जनाएको छ ।

पहिलो उडान नेपालगंजबाट समिट, सीता र तारा एयरले सिमकोटका लागि गर्ने तालिका रहेको थियो । त्यसपछि सुर्खेतबाट पनि सिमकोटका लागि उडान भर्ने तालिका रहेकोमा त्यो पनि हुन सकेन ।

दिउँसो १२ बजेपछि भने सिमकोट विमानस्थलमा विरलै उडान हुने गर्छ । यसबाट नेपालगंज र सुर्खेतबाट सिमकोट आउने यात्रु उतै रोकिएका छन् भने सिमकोटबाट नेपालगंज र सुर्खेत झर्ने यात्रुहरुसमेत सिमकोटमै रोकिनु परेको छ ।

हावाहुरीले हुम्लाको हवाई सेवा अवरुद्ध

नेपाल तरुण दलले भूकम्पपीडितका लागि अस्थायी आवास

हावाहुरीले हुम्लाको हवाई सेवा अवरुद्ध

भाउजूलाई बलात्कार गरेको आरोपमा देवर पक्राउ