कर्णाली नदीमा एक युुवक बेपत्ता

सुर्खेत। हुम्लाको अदानचुली गाउँपालिकामा एक युवक कर्णालीमा बेपत्ता भएका छन् । बिहीबार दिउँसो कर्णाली नदीमा माछा मार्न जाल हाल्ने क्रममा नदीमा चिप्लेर ४० वर्षीया युवा छक्क बुढा बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार अदानचुली गाउँपालिकाको एम्बुुलेन्स चालकसमेत रहेका बुढा बिहीबार दिउँसो कर्णाली नदीमा बेपत्ता भएका हुन्
बुुढा गल्फगाडको रैसडी खोला मिसिने कर्णाली नदीमा जाली तान्ने क्रममा नदीको बीचबाट बेपत्ता भएका हुन् ।






