पर्यटन प्रवर्द्धनका लागि ‘राईड टु रारा’

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि मुगुसम्म ‘राइड टु रारा’ प्रतियोगिता हुने भएको छ।

त्रिवेणी एडभेन्चर्स प्रालि तथा रोयल एन्फिऐड बुलेट बाइक स्वरुमको संयोजनमा बैशाख १० देखि १३ गतेसम्म ‘राइड टू रारा’ प्रतियोगिता हुन लागेको हो। कार्यक्रममा २० वटा बुलेट बाइकमा ४० जना राइडर्स रारा पुग्ने र उनीहरुको खान तथा अन्य व्यवस्थापन आयोजकले गर्ने प्रालिका सञ्चालक मनराज सिम्खडाले जानकारी दिए।

मंगलबार वीरेन्द्रनगरमा आयाेजित पत्रकार भेटघाटमार्फत सञ्चालक सिम्खडाले कर्णालीको पर्यटन प्रवर्द्धन गर्ने तथा रारा पुग्ने उत्कृष्ट राइडर्सलाई दक्षिण एशियाली खेलकुदको इभेन्टमा सहभागी गराउने उद्देश्य राखिएको जानकारी दिए। उक्त कार्यक्रमका लागि आठ लाख रूपैयाँ बजेट लाग्ने अनुमान गरिएको सिम्खडाले बताए।

एफिऐडका सञ्चालक उत्सव भण्डारीले बाइक राइडिङमा १८ वर्षमाथि उमेरकालाई मात्र भाग लिन दिइने बताए। ‘अहिलेसम्म १२ जना बुलेट राइडर्सले नाम दर्ता गरिसकेका छन्। हामीले २० जना राइडर्सलाई दर्ता गराएर ४० जनालाई रारा तालमा पुर्‍याउने योजना बनाएको छौँ’, उनले भने, ‘त्यसभन्दा माथि जति थपिँदै गए पनि उनीहरूलाई यो प्रतियोगितामा सहभागी गराउँछौँ।’

राइडर्ससँग मेडिकल, प्राविधिक तथा फोटोग्राफ टिम हुने र त्यसको डकुमेन्ट्रीसमेत निर्माण हुने सञ्चालक भण्डारीले जनाए। प्रतियोगिताका लागि नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद्को सहयोग रहेको जनाइएको छ। उक्त कार्यक्रममा भाग लिनेका लागि निःशुल्क दर्ताको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

पर्यटन प्रवर्द्धनका लागि ‘राईड टु रारा’

कांग्रेसबाट पोखरेल, सिंह र बिसी मन्त्री बन्दै

पर्यटन प्रवर्द्धनका लागि ‘राईड टु रारा’

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *