सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै विभागले पनि बुधबार सार्वजनिक यातायातको भाडादर घटाएको हो । विभागले इन्धनको मूल्यका आधारमा स्वचालित रूपमा भाडा समायोजन गरिएको जनाएको छ ।


यात्रुवाहक सवारीसाधनको भाडा तीन दशमलव २० प्रतिशतले घटाइएको उक्त सूचनामा उल्लेख गरिएको छ । यसैगरी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा चार दशमलव १९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा चार दशमलव ६५ प्रतिशतले भाडा घटेको छ ।

सार्वजनिक यातायातको भाडा घट्यो

मदन–आश्रित स्मृति दिवस : खुल्ला महिला दौड

सार्वजनिक यातायातको भाडा घट्यो

आर्थिक मन्दीको प्रभावले बन्द हुन थाले व्यापारिक

Leave a comment

Your email address will not be published. Required fields are marked *