भन्सार नभएको कार सहित वीरेन्द्रनगरमा एक युवा पक्राउ


प्रहरीले भन्सार नभएको कार सहित वीरेन्द्रनगरमा एक युवकलाई पक्राउ गरेको छ ।
शुक्रवार साँझ वीरेन्द्रनगर–६ बाट दिनेश बस्याललाई प्रहरीले बा १८ च २७२२ नंम्वरको कार सहित पक्राउ गरेको थियो ।
सोमवार भने बस्याल सहित उक्त कारलाई भन्सार कार्यालय, नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।






